Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंककाे तेश्राे त्रैमास अपडेट : खुद नाफासँगै बढ्याे ईपीएस, घट्याे वितरणयोग्य नाफा

अर्थ संसार

बुधबार, ०७ बैशाख २०७९, १२ : १४ मा प्रकाशित

एनएमबि बैंककाे तेश्राे त्रैमास अपडेट : खुद नाफासँगै बढ्याे ईपीएस, घट्याे वितरणयोग्य नाफा

एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेश्राे त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ६६ करोड ५२ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ५.९१ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब ५१ करोड ६४ लाख ८७ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी पनि २.७४ प्रतिशतले बढेर ४ अर्ब ४२ करोड ७२ लाख ४९ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी ४ अर्ब ३० करोड ९० लाख १८ हजार रूपैयाँ रहेकाे थियाे ।

तेश्राे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि ४.६४ प्रतिशतले बढेर ३ अर्ब ७८ करोड ५३ लाख ८५ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष बैंकले ३ अर्ब ६१ करोड ७६ लाख १९ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंककाे वितरणयोग्य मुनाफा १ अर्ब ३२ करोड ८९ लाख ११ हजार रुपैयाँ रहेको छ।

त्यस्तै, बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ र जगेडा कोषमा ५ अर्ब ३७ करोड ८१ लाख १९ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंककाे प्रतिसेयर आम्दानी ( ईपीएस) १९ रूपैयाँ ३५ पैसा र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ २१ पैसा रहेकाे छ ।

बैंकले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

No description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको