Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंको जोरपाटी माकलवारीमा सेञ्चुरी बैंकको नयाँ शाखा

अर्थ संसार

विहीबार, ०८ बैशाख २०७९, ०९ : ५५ मा प्रकाशित

काठमाडौंको जोरपाटी माकलवारीमा सेञ्चुरी बैंकको नयाँ शाखा

सेञ्चुरी कमर्सियल बैंकले ग्राहक वर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा बुधबारदेखि गोकर्णेश्र नगरपालिका वडा नं. ८ जोरपाटी माकलवारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकका संचालक समिति सदस्यमन बहादुर राईले माकलवारी शाखाको समुद्घाटन गरी सेवाशुभारम्भ गरेका थिए। उक्तकार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, सञ्चालक प्रा.डा. गीता प्रधान, बैंकका प्रमुखक ार्यकारी अधिकृत मनोज न्यौपाने लगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । माकलवारी शाखा संचालनमा आएपछि उपत्यका भित्र बैंकको शाखा संख्या २७ पुगेको छ ।

२०७८ चैत्र मसान्तसम्ममा बैंकले ९२ अर्ब ९६ करोड निक्षेप संकलन रकर्जा  ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफा गतवर्षको सोही अवधिको तुलनामा१८३.५९ प्रतिशतले बढी हो । बैंक पहिलो पटक खुदमुनाफा रु. १ अर्ब कटाउन सफल भएको छ ।  

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवाविस्तार गर्ने उद्देश्यका साथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवाप्रदान गर्दै आएको छ ।

बैंकको कुल शाखा संख्या १३० पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४शाखा रहित बैंकिङ्ग र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको