Like us!
Follow us!
Connect us!
Watch us!

भारतको भ्रमणमा निस्कनुअघि यस्तो भने बेलायती प्रधानमन्त्रीले

अर्थ संसार

विहीबार, ०८ बैशाख २०७९, ११ : ४७ मा प्रकाशित

भारतको भ्रमणमा निस्कनुअघि यस्तो भने बेलायती प्रधानमन्त्रीले

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुससँग युद्ध अन्त्यका लागि भएका वार्ता असफल हुन सक्ने  बताएका छन् । भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नुअघि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री जोनसनले रुसले युक्रेनमा हमला तिव्र पार्न सक्ने बताए । 

भारत भ्रमणका क्रममा युक्रेन युद्धबारे भारतको तटस्थता अन्त्य गर्न प्रधानमन्त्री मोदीलाई प्रोत्साहन गर्ने उनले बताए । तर, भारतले रुससँगको लामो समयदेखिको सम्बन्ध तोड्ने सम्भावनालाई भने उनले अस्वीकार गरे । प्रधानमन्त्री नरेन्द्र मोदी र जोनसनबीच शुक्रबार नयाँ दिल्लीमा भेट वार्ता हुँदै छ । भेटका क्रममा जोनसनले आफ्ना भारतीय समकक्षीलाई रुस–युक्रेन युद्धमा युक्रेनको पक्षमा उभिन मोदीलाई मनाउन प्रयास गर्ने अनुमान गरिएको छ । 

‘मैले युक्रेनको बारेमा नरेन्द्र मोदीसँग कुरा गरिसकेको छु र वास्तवमा भारतीयहरूले बुचामा भएको घटनाको निन्दा गरेका छन् ,’ उनले भने । प्रधानमन्त्री जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग व्यवहार गर्नु भनेको गोहीसँग ‘बार्गेनिङ’ गर्नुजस्तै भएको बताए । रुसले पछिल्लो समय आफ्नो सम्पूर्ण बल पूर्वी युक्रेनमा केन्द्रित गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको