Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ निष्कासन गर्न लागेकाे अभियान लघुवित्तकाे कति छ नाफा ?

अर्थ संसार

विहीबार, २२ बैशाख २०७९, १३ : ५१ मा प्रकाशित

आईपीओ निष्कासन गर्न लागेकाे अभियान लघुवित्तकाे कति छ नाफा ?

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाले एक करोड ११ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ९.५६ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा संस्थाले एक करोड २ लाख ७ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी पनि ८२.७६ प्रतिशतले बढेर ७ करोड ३५ लाख २४ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी ४ करोड २ लाख २९ हजार रूपैयाँ रहेकाे थियाे ।

तेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा एक करोड ७७ लाख ५१ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष संस्थाले १ करोड १९ लाख ७४ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी १५ करोड २५ लाख रुपैयाँ र जगेडा कोषमा १ करोड ९२ लाख ८८ हजार रुपैयाँ सञ्चित रहेको छ । 

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ कराेड ७५ लाख रूपैयाँ बराबरकाे ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न चैत्र ३० गते सेबाेनमा निवेदन दिएकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

संस्थाले सार्वजनिक गरेकाे वित्तिय विवरण यस प्रकारकाे छ :

62738849bdb7e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको