छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।
उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाकाे नाफा ७१ करोड ७१ लाख २ हजार रुपैयाँमा सीमित भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २४.९९ प्रतिशतले थाेरै हाे । गत वर्षको यसै अवधिमा संस्थाले ९५ करोड ५९ लाख ६८ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी भने १५.११ प्रतिशतले बढेर एक अर्ब ७५ करोड ७७ लाख ४० हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी एक अर्ब ५२ करोड ६९ लाख ५७ हजार रूपैयाँ रहेकाे थियाे ।
तेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाले एक अर्ब १२ करोड ७ लाख ३७ रूपैयाँ सञ्चालन मुनाफा कमाएकाे छ । गत वर्ष संस्था एक अर्ब ३९ करोड २४ लाख २४ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको थियो ।
त्यस्तै, संस्थाको चुक्ता पुँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ र जगेडा कोषमा २ अर्ब ४० लाख ४३ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाकाे प्रतिसेयर आम्दानी ( ईपीएस) ४१ रुपैयाँ १४ पैसा र प्रतिसेयर नेटवर्थ २४१ रुपैयाँ ६८ पैसा रहेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस