राधी विद्युत् कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८र७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।
जलविधुत बेचेर आम्दानी
सामान्य घट्यो
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले १० करोड ९३ लाख आम्दानी बिजुली बेचेर आम्दानी गरेको छ। गत वर्ष यहिँ अवधिसम्म कम्पनीले ११ करोड ४७ लाख रुपैयाँ लाख कमाएको थियो।
खुद नाफा
घट्यो
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ४ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
लगानी
सहायक कम्पनीमा - ३ करोड ११ लाख
असोसिएट कम्पनीमा-३० करोड ५८ लाख
अरु लगानी -५ करोड ५५ लाख
प्रति सेयर आम्दानी (ईपीएस)
९.७२
प्रतिसेयर नेटवर्थ
११८.१९ रुपैयाँ
मूल्य आम्दानी अनुपात (पि ई रेसियो)
५५.८१ गुणा
भखरै विद्युत नियमन आयोगले राधी विद्युत कम्पनी लिमिटेडलाई हकप्रद निष्कासन गर्न अनुमति प्रदान गरेकाे थियो। आयोगले फेरि राधी विद्युत कम्पनी लिमिटेडलाई चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६ सय २२ रुपैयाँ बराबरको १:१४७५२ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न सहमति दिएकाे थियो ।
कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण यस प्रकारको छ
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस