Like us!
Follow us!
Connect us!
Watch us!

बजेट च्यात्न तम्सिएका ती अर्थमन्त्री र बजेट ल्याउँदै गरेका यी अर्थमन्त्री

अर्थ संसार

बुधबार, ०४ जेठ २०७९, १४ : १८ मा प्रकाशित

बजेट च्यात्न तम्सिएका ती अर्थमन्त्री र बजेट ल्याउँदै गरेका यी अर्थमन्त्री

शेर बहादुर देउवा नेतृत्वको सरकारले यही जेष्ठ १५ गते आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउँदैछ। सरकारका अर्थमन्त्री जनार्दन शर्माले जेष्ठ १५ गते आर्थिक वर्षको बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्ने छन्।

अर्थमन्त्रालयले  केहि समय अगाडी देखी आगामी आर्थिक वर्षको बजेट कस्तो ल्याउने बारे विज्ञहरुसँग सुझाव लिएको छ। विभिन्न क्षेत्रका विज्ञले आफ्नो क्षेत्रबारे अर्थमन्त्रीलाई सुझाव दिएका छन्। अर्थमन्त्री जनार्दन शर्माले मंगलबार संसद्मा आगामी आर्थिक वर्षको बजेट आत्मनिर्भर अर्थतन्त्र र पूर्वाधार विकासमा केन्द्रित हुने बताएका छन्। 

हालको आर्थिक वर्ष ७८/७९ का लागि बजेट अध्यादेशमार्फत गत वर्ष जेष्ठ १५ गते तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री विष्णु पौडेलले सिंहदरबारबाट प्रस्तुत गरेका थिए। संविधान अनुसार आर्थिक वर्षको बजेट जेठ १५ गते प्रतिनिधिसभा संसदबाट सार्वजनिक हुने नियम भएपनि तत्कालीन समयमा प्रतिनिधि सभानै विघटन गरिएकाले सरकारले सिंहदरबारबाट बजेट सार्वजनिक गरेको थियो।

२०७८ साल आषाढ २८ गते संविधानको धारा ७६(५) अनुरूप सर्वोच्च अदालतले परमादेश जारी गरेसँगै २९ गते शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेका थिए। शेरबहादुर देउवा नेतृत्व सरकारमा अर्थमन्त्रालयको नेतृत जनार्दन शर्माले गरिरहेका छ्न्। 

भदौ २५ गते अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोध बीच आर्थिक वर्ष २०७८/२०७९ को बजेट पेस गरेका थिए। प्रतिनिधि सभा बैठकमा एमालेको अवरोधका बीच सभामुख अग्नि प्रसाद सापकोटाले आर्थिक अध्यादेश २०७८ पेस गर्ने अनुमति दिएलगत्तै उनी आफ्नो आशनबाट दौडिएर रोष्टममा पुगेका थिए। अर्थमन्त्री शर्मा बेलको पछाडिबाट घुमेर रोष्टममा चढेर आर्थिक अध्यादेश टेबुल गरेका थिए।

नेकपा एमालेले भदौ २३ गतेदेखि निरन्तर रूपमा संसद बैठक अवरोध गरिरहेको थियो। १४३ दिन पछि हिजो (जेठ ३) को प्रतिनिधि सभा बैठकमा आफ्नो अवरोध अन्त्य गरेको थियो, हिजो बाट बजेट अधिवेशन सुरु भएको छ र जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले बजेट पेस गर्नेछन्।

यस आर्थिक वर्षका लागि भदौ २५ गते बजेट पेस गर्ने क्रममा दौडिएरै बजेट पेस गर्दा अर्थमन्त्री जनार्दन शर्मा र माओवादीलाई सबैले २०६७ मंसिर ३ सम्झिए। तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले २०६७/६८ का लागि मंसिरमै संसद्मा बजेट पेस गर्ने क्रममा बजेट पेस गर्ने प्रक्रियाबारे सरकार (नेपाली कांग्रेस र नेकपा एमाले) पक्ष र प्रतिपक्ष ( नेकपा माओवादी ) बीच विवाद हुँदा अर्थमन्त्री पाण्डेमाथि नेकपा माओवादीका संसद्ले अवरोध मात्र नभई  ब्रिफकेसनै तोडफोड गरेका थिए जसको नेतृत्व वर्तमान अर्थमन्त्री जनार्दन शर्माले गरेका थिए। 

अर्थमन्त्री जनार्दन शर्माले यही जेठ १५ गते २०७९/८० को लागि प्रस्तुत गर्न लागेको बजेट उनको दोश्रो बजेट हो। २०७८/७९ को बजेट विवादकै बीचमा पारित भएको थियो आगामी आर्थिक वर्षको बजेट के होला हेर्न बाँकी नै छ…

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको