Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले ३ अर्बको नागरिक बचतपत्र बिक्री गर्ने, ११ प्रतिशत ब्याज

अर्थ संसार

मंगलबार, १० जेठ २०७९, ०७ : ०१ मा प्रकाशित

राष्ट्र बैंकले ३ अर्बको नागरिक बचतपत्र बिक्री गर्ने, ११ प्रतिशत ब्याज

नेपाल राष्ट्र बैंकले ३ अर्ब ३ करोड ६० लाख रुपैयाँको नागरिक बचतपत्र विक्री खुला गर्ने भएको छ । बैंकले ११ प्रतिशत ब्याजदरमा नागरिक बचतपत्र २०८४ नामक बचतपत्र बिक्रीमा ल्याउने भएको छ । उक्त बचतपत्र ५ वर्ष अवधिको रहेको छ भने ६-६ महिनामा ब्याजदर प्राप्त हुनेछ । 

नेपाल सरकारका तर्फबाट राष्ट्र ऋण व्यवस्थापन विभागले जेठ १ गतेदेखि जेठ ३१ गतेसम्मका लागि नागरिक बचतपत्र २०८४ बिक्री खुल्ला गर्ने भएको छ ।राष्ट्र बैंकले ११ प्रतिशत ब्याजदरमा उक्त रकम बराबरको बचतपत्र बिक्री गर्न लागेको हो ।

उक्त बचतपत्र खरीद गर्न चाहने नेपाली नागरिकले बैंक तथा वित्तीय संस्थाहरू, राष्ट्र बैंकका शाखा कार्यालयहरू तथा वेबसाइटबाट फारम भरेर बुझाउन सक्नेछन् ।

उक्त बचतपत्रमा सर्वसाधारणले कम्तीमा १० हजार रुपैयाँको बचतपत्र खरिद गर्न पाउनेछन् । भने बढीमा कुल रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको बचतपत्र खरीद गर्न पाइन्छ । बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जासमेत लिन पाइन्छ । बचतपत्रको ब्याजमा भने ब्याजकर लाग्नेछ । यो बचतपत्रको साँवा फिर्ता २०८४ असार ८ गते हुने छ ।

यस्तो छ राष्ट्र बैंकले निकालेको सूचनाः

628c32496657c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको