Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजारमा भालु आतंक : बजार १९०० जान्छ भन्दै लगानीकर्ताको मनोबल गिराउने प्रयास

अर्थ संसार

मंगलबार, १० जेठ २०७९, ०८ : ४७ मा प्रकाशित

सेयरबजारमा भालु आतंक : बजार १९०० जान्छ भन्दै लगानीकर्ताको मनोबल गिराउने प्रयास

नेप्से घट्ने बढ्ने स्वोभाविक र नियमित प्रकृया हो। घट्नु र बढ्नुमा मूलतः कम्पनीको अवस्था, मुनाफा, वित्तीय सूचक, लाभांस जस्ता कुराले असर गर्न पर्ने हो। तर हिजो आज सेयर बजारमा सामाजिक संजालमा फेक प्रोफाइलको मार्फत विभिन्न पोष्ट गर्दै सेयर बजार अझै घट्ने भन्दै लगानीकर्ताको मनोबल घटाउने प्रयास गरिएको पाइएको छ।

बजार निरन्तर घट्दा एकातिर लगानीकर्ता मारमा र प्यानिक भएको अवस्थामा यसरी विभिन्न समूह भने सेयरबजारको जानकारी र समाचार आदान प्रदान गर्न भनि खोलिएका ग्रुप, मेसेन्जरमा बजार १९०० जान्छ भन्दै अटाउने प्रयास गरिएको खुलेआम पाईएको छ। 







सरसरति हेर्दा एउटा समूह नै खुलेआम सेयरबजार घटाउन लागेको देखिन्छ। बजारमा विश्लेषकहरु अब बजारमा राम्रा राम्रा सेयर किन्ने भनिरहेको बेला सामाजिक संजालमा यस्ता पोष्ट गर्ने उद्देश्य के हो लगानीकर्ताले बुझ्नै पर्ने हुन्छ। 

बजार १५०० वा २५०० नै गएपनि आफ्नो स्वाभिक लयमा जानुपर्ने हुन्छ तर यहाँ एउटा नितान्त स्वार्थ समूह लगानीकर्ता अताउने प्रयासमा रहेको देखिन्छ। 

हेर्दै फेक प्रोफाइलबाट खुलेआम सामाजिक संजालमा विभिन्न पोष्ट गर्दै सोझा साझा लगानीकर्ताको मनोविज्ञानमा खेल्ने प्रयास हुने गरेता पनि नियामक निकायहरु यस्ता कुरालाई कानुनी दयारामा ल्याउने कुनै तयारी देखिदैन। तेती मात्र होइन यस्ता कुराबाट लगानीकर्तालाई ट़ाडा बस्न भनी केहि पहल पनि गरिएको छैन।  जसले गर्दा लगानीकर्ताको हकहितमा लाग्नु पर्ने निकाय जवाफदेही नरहेको जस्तो प्रस्टै देखिन्छ। 

धितोपत्र ऐनले के भन्छ ?

धितोपत्र सम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोवारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिली धितोपत्र किन्न बा बेच्न उत्साहित गराउन बर्जित गरेको र सो गरेमा धितोपत्र कारोबार सम्बन्धी कसूर गरेको मानिने व्यवस्था रहेको छ । त्यस्तै, अन्य देशमा धितोपत्र बजार नियमन निकायबाट अनुमतिपत्र प्राप्त गरेका व्यक्ति वा संघसंस्थाले विस्तृत अध्ययनको आधारमा मात्र दोस्रो बजार सूचकांकतथा सूचिकृत संगठित संस्थाको शेयर मूल्यको विषयमा सार्वजनिक अभिव्यक्ति दिन पाउने व्यवस्था  रहेको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको