Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ता संघ : उद्देश्य एक स्वार्थ अनेक !

धिरज पौड्याल

विहीबार, १२ जेठ २०७९, १३ : ५१ मा प्रकाशित

लगानीकर्ता संघ : उद्देश्य एक स्वार्थ अनेक !

सन् २०२० को सुरुवातदेखि बढ्न थालेको सेयरबाजारले विभिन्न उतार चढाव लिएको छ। ११०० को विन्दुमा रहेको सेयरबजारमा निकै सकारात्मक वृद्धि देखियो। अन्य आर्थिक क्षेत्र बन्द रहेको अवस्थामा सेयरबजारमा लगानीकर्ताको आकर्षण उच्च रूपमा बढ्यो। राजश्वमा सेयरबजारको योगदान उच्च देखियो। 

सेयरबजारमा देखिएको सकारात्मक वृद्धि र सबै जनताको अकर्षणले सेयरबजारलाई अनुत्पादक क्षेत्र भनी सार्वजनिक विचार राख्ने नेतृत्वकर्ता समेत सेयरबजारबारे सकारात्मक देखिएका थिए। हुनपनि राजश्वमा त्यति धेरै योगदान दिएको सेयरबजार अनुत्पादक कसरी हुन सक्ला। 

सेयरबजार जुन तरङ्ग पछिल्लो समयमा देखियो त्यो भन्दा बढी  त यहाँ लगानीकर्ता संघका नामका संगठन खुले। हरेक क्षेत्रमा ग्रुपिजम हुन्छ तर सेयरबजारमा भने ग्रुपिजमको छुट्टै रूप देख्न पाईयो। संगठन बन्नु स्वभाविक पनि हो। सेयरबजारको हक हितका लागि जतिपनि संगठन खुले ती सबै संगठनको साझा उद्देश्य भनेको सेयरबजारको सकारात्मकता र लगानीकर्तामा हक हितका लागि आवाज उठाउन खुलेका थिए, सुरुवातमा त यी संगठन यती सक्रिय थिएकि धितोपत्र वोर्डमा अनसन नै बसे, लगानीकर्ताहरुको हक हितका लागि लड्छु भनेका संगठनहरु अहिले नयाँ जोगीले धेरै खरानी धस्छ भने जस्ता भएका छन। सेयरबजारका हक हितका लागि बनेका संगठन अहीले अस्तित्वमा छन की छैनन होला भन्ने चासो आम लगानीकर्तामा रहेको छ। अवैधानिक रूपमा बीमा कम्पनीको कारोबार रोक्का हुँदा सङ्गठन बनाएर बसेका लगानीकर्ताका नेता यस बेला कता होलान् जिज्ञासामा सबैको छ। यो मान्छे यो संगठनको पो रहेछ भनेर चिन्न अहिले अन्तर्वार्तामा उसको नामको प्रतीक्षा र उसले आयोजना गरेको पिकनिक मा जानुपर्छ एक लगानीकर्ताले बताए। 

कहिँ नभएको जात्रा हाँडीगाउँमा भनेझै विश्वमा कहिँपनि अभ्यासमा नरहेको कम्पनीहरुको मर्जर तथा एक्विजिसनपछी कारोबार रोकिने कुरा नेपाली सेयर बजारमा अभ्यासमा छ। यसले अनावश्यक रुपमा लगानीकर्ताहरुको सम्पती बन्धक भैरहेको छ। यो विषयमा कुनै पनि संगठनले ठोस रुपमा पहल गरेको देखिँदैन। सेयरबजारका मुद्दामा बोल्न खोलिएका सङ्गठन अहिले यो अवैधानिक कदमको बिषयमा एकजुट हुन नसक्नु स्वार्थ बझिनुको कारण हो नत्र समान उद्देश्य भएका संगठन त एकजुट हुनुपर्ने हैन र?
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको