Like us!
Follow us!
Connect us!
Watch us!

एफपिओ निष्काशनको तयारीमा ६ लघुवित्त संस्था, कुनको मूल्य कति ?

अर्थ संसार

सोमबार, १६ जेठ २०७९, १३ : ३४ मा प्रकाशित

एफपिओ निष्काशनको तयारीमा ६ लघुवित्त संस्था, कुनको मूल्य कति ?

विभिन्न ६ लघुवित्त कम्पनीहरु नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा एफपिओ निष्कासन तथा स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् । किसान लघुवित्त, नयाँ सारथी लघुवित्त, उन्नती सहकार्य लघुवित्त, समता घरेलु लघुवित्त, युनिक नेपाल लघुवित्त र मिर्मिरे लघुवित्त वित्तिय संस्थाले हालसम्म बोर्डमा एफपिओ निष्काशनको अनुमति माग्दै निवेदन पेस गरेका छन् । 

६ लघुवित्त मध्य नयाँ सारथी लघुवित्तको आईपिओलाई धितोपत्र बोर्डले कमेन्ट सहित कम्पनीमा पठाएको छ अब कम्पनीले कमेन्टमा भनेअनुसारको प्रक्रिया पुरा गरेमा अन्य प्रक्रिया अगाडी बढ्ने छ । 

१) किसान लघुवित्त वित्तिय संस्थाले १२ लाख ८९ हजार २५९ कित्ता एफपिओ जारी गर्ने अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा असार २९ गते आवेदन दिएको हो । संस्थाले १२५ रुपैयाँको दरले १६ करोड २२ लाख ८२ हजार ४३६ रुपैयाँ बराबरको एफपिओ जारी गर्ने अनुमति मागेको हो ।

हाल संस्थाको चुक्ता पुँजी ३९ करोड २८ लाख रुपैयाँ रहेको छ । सर्वसाधारणलाई एफपीओ मार्फत सेयर जारी गरे पश्चात संस्थाको चुक्ता पुँजी ५२ करोड २६ लाख रुपैयाँ पुग्नेछ । संस्थाको एफपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा औसतमा मध्यम जोखिम रहेको संकेत गर्दछ । संस्थाले एफपीओ निष्कासन प्रयोजनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

२)  नयाँ सारथी लघुवित्त वित्तिय संस्थाले ३ लाख २९ हजार ६४९ कित्ता एफपिओ जारी गर्ने अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा भदौ ९ गते एफपिओ जारी गर्ने अनुमति माग्दै बोर्डमा निवेदन दिएको हो । संस्थाले ११६ रुपैयाँको दरले  ३ करोड ८२ लाख रुपैयाँ बढीको एफपिओ जारी गर्ने अनुमति मागेको हो । संस्थाले एफपीओ निष्कासन प्रयोजनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।

३) मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)  मा कार्तिक २३ गते निवेदन पेश गरेको हो ।

संस्थाले एक सय रुपैयाँ अंकित दरमा ७७ रूपैयाँ ८ पैसा प्रिमियम थपेर प्रतिकित्ता एक सय ७७ रूपैयाँ ८ पैसामा ९१ लाख २३ हजार ९ सय ८४ रूपैयाँ बराबरको ५१ हजार ३ सय १६ कित्ता एफपीओ निष्कासन गर्नका लागि अनुमति माग गरेको हो । संस्थाले एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

संस्थाको एफपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी इस्यूआर बीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको तथा कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । 

संस्थाले स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गरेपश्चात संस्थापक सेयर र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलान गर्ने क्रममा फरक परेको रकमलाई प्रिमियममा एफपीओ निष्कासन गर्न लागेको हो ।

४) उन्नति सहकार्य लघुवित्तले बोर्डसँग २ करोड ८३ लाख ७३ हजार ७३७.६७ रुपैयाँ बराबरको १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ जारी गर्न अनुमति मागेको हो । 

लघुवित्तले अंकित मूल्य १०० रुपैयाँमा ५९ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता १५९ रुपैयाँमा एफपीओ बिक्री गर्न अनुमति मागेको हो । लघुवित्तको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरिएको छ ।

५) समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले फर्दर पब्लिक ईस्यु (एफपीओ) निष्कासन गर्ने भएको छ । 

साविक समता लघुवित्त वित्तिय संस्था लिमिटेड र साविक घरेलु लघुवित्त वित्तिय संस्थाबीच सेयर आदान प्रदान दर ९क्धबउ च्बतष्य० १००ः८० (समताःघरेलु) कायम हुने गरी गाभिए पश्चात् संस्थाको कुल चुक्ता पुँजी २८ करोड ५६ लाख २० हजार १ सय ६० रूपैयाँको २० प्रतिशत बोनस पश्चात् कम्पनीको चुक्ता पुँजी ३४ करोड २७ लाख ४४ हजार १ सय ९२ भएकोले सेयर संरचना ७०ः३० (संस्थापकः  सर्वसाधारण) कायम हुने गरि जारी हुन बाँकी सेयर फर्दर पब्लिक ईस्युद्धारा सर्वसाधारणमा जारी गर्नको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

६) युनिक नेपाल लघुवित्त वित्तिय संस्थाले ३ लाख ७९ हजार ४२५ कित्ता एफपिओ जारी गर्ने अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

संस्थाले चैत्र १७ गते एफपिओ जारी गर्ने अनुमति माग्दै बोर्डमा निवेदन दिएको हो । संस्थाले १०० रुपैयाँको दरले  ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बढीको एफपिओ जारी गर्ने अनुमति मागेको हो ।

संस्थाले एफपीओ निष्कासन प्रयोजनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको