Like us!
Follow us!
Connect us!
Watch us!

आइओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूचि, ग्याँस प्रतिसिलिन्डर १२२ रुपैयाँले घट्यो

अर्थ संसार

विहीबार, १९ जेठ २०७९, ०७ : ०४ मा प्रकाशित

आइओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूचि, ग्याँस प्रतिसिलिन्डर १२२ रुपैयाँले घट्यो

भारतीय आयल निगम (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मुल्य सूचि पठाएको छ ।

आईओसीले पठाएको नयाँ मूल्यसूचि अनुसार पेट्रोल र मट्टितेलको मूल्य बढेर आएको छ भने डिजेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटेर आएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढ्दा मट्टितेल ६ रुपैयाँ ९८ पैसाले बढेको छ । त्यस्तै डिजलमा ७ रुपैयाँ ४ पैसा, ग्यास प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेको छ ।

समग्रमा हेर्दा नयाँ मूल्यसूचि अनुसार अब १५ दिनमा निगमलाई ३ अर्ब ७ करोड नोक्सानी हुने देखिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको