Like us!
Follow us!
Connect us!
Watch us!

एमाले सांसदको गर्जन-‘बजार हरियोबाट रातोको रातै छ, सरकारले लगानीकर्तालाई ऋण र सहयोग दिन सकेन’

अर्थ संसार

शुक्रबार, २० जेठ २०७९, ०८ : ४७ मा प्रकाशित

एमाले सांसदको गर्जन-‘बजार हरियोबाट रातोको रातै छ, सरकारले लगानीकर्तालाई ऋण र सहयोग दिन सकेन’

प्रतिनिधिसभामा सांसदहरुले सेयरबजारको बारेमा संसदमा समेत आवाज उठाउन थालेका छन् । करिब १० महिनाअघि ३२२७ को बिन्दुमा पुगेको नेप्से परिसूचक  उच्च अंकले घटेर २१०० को लाईनमा आइसकेको छ । संसदमा जारी बजेट छलफलमा बोल्दै सांसदहरुले पूँजीबजारका विभिनन बिषयहरु उठाइरहेका छन् । 

विहिबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद एबं पुर्व गृहमन्त्री खगराज अधिकारीले सरकारले पूँजी बजारका लागि केहि पनि नगरेको आरोप लगाएका छन् । ‘यहाँ अहिले रातो रातो छ हरियोबाट सेयर मार्केट ओरालो लागेको लाग्यै छ, उनिहरुलाई आवश्यक ऋण र सहयोग दिने काम त यो सरकारले गरेन । सरकार उत्पादकत्व बृद्धि गर्छुभन्छ तर त्यहाँ लाखौ लाख रोजगारी र्सिजना गरेका र पूँजी निर्माण गरेका नेपालीहरुलाई कहिँ सम्बोधन गर्यो बजेटमा ?’ उनले प्रश्न गरे ।  

विहिबार नै नेपाली कांग्रेसकी सांसद पुष्पा भुषालले संसदमा बोल्दै नेपाल राष्ट्र बैंकको नीतिका कारण लगानीकर्ताहरु सडकमा आउनुपर्ने स्थिति बनेको बताउँदै सो नीतिलाई संशोधन गर्न माग गरेकि थिइन् । अहिले ५२ लाखले डिम्याट खाता खोलेर बजारमा लगानी गर्नुभएको छ भने १० देखि १५ लाख लगानीकर्ता दोश्रो बजारमा कारोबार गर्नुहुन्छ। राष्ट्र बैंकको नीतिले लगानीकर्तालाई सडकमा आउने स्थिति बनाएको छ। माननीय अर्थमन्त्रीज्यू मार्फत राष्ट्र बैंकको नीति संशोधन गर्न अनुरोध गर्दछु। सांसद भुषालले भनिन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको