Like us!
Follow us!
Connect us!
Watch us!

यूनाइटेड इन्स्योरेन्सकाे साधारण सभा सम्पन्न, पारित भए यी एजेन्डा

अर्थ संसार

मंगलबार, २४ जेठ २०७९, १० : ५१ मा प्रकाशित

यूनाइटेड इन्स्योरेन्सकाे साधारण सभा सम्पन्न, पारित भए यी एजेन्डा

यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लिमिटेडको २८औं वार्षिक साधारण सभा हिजाे जेठ २३ गते अनमोल ब्याङ्गकेट, शंखमुल काठमाण्डौंमा सम्पन्न भएकाे छ । 

सभामा सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०७८ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरिएकाे छ । सभा मार्फत् आर्थिक वर्ष २०७८।७९ का लागी बाह्य लेखापरीक्षक श्री एम. जि. एस एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरिएकाे छ ।

कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनी समुह (क) तर्फबाट प्रतिनिधित्व गर्ने  ४ (चार) जना सञ्चालकहरुको र सर्वसाधारण शेयरधनी समुह (ख) तर्फबाट प्रतिनिधित्व गर्ने २ (दुई) जना सञ्चालकहरुको निर्वाचन मार्फत चयन गरिएकाे छ । कम्पनीको चुक्ता पूँजी रु २ अर्ब ५० करोड पुर्याउन कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्णय गर्न तथा तत् सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पत्ति र दायित्व मूल्याङ्कन गर्नको लागि मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न लगायतका मर्जर सम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पूरा गर्न संचालक समितिलाई अख्तियारी प्रदान गरिएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको