Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको भरतपुरस्थित कार्यालय भवन शिलान्यास

अर्थ संसार

मंगलबार, २४ जेठ २०७९, ११ : २२ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको भरतपुरस्थित कार्यालय भवन शिलान्यास

ग्लोबल आइएमई बैंक लिमिटेडले भरतपुरस्थित अत्याधुनिक तथा सुविधा सम्पन्न कार्यालय भवनको शिलान्यास गरेको छ ।

बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं. १० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागेको कार्यालय भवनको शिलान्यास बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गरेका छन् । 

यसका साथै बैंकले चितवनकै सौराहामा ३ दिने प्रबन्धकहरुको भेला तथा लगभग ५०० जनाको सहभागितामा वित्तीय साक्षरता जगाउने उद्देश्यका साथ डिजिटल बैंकिङ्गसम्बन्धी सचेतना ¥यालीको पनि आयोजना गरेको छ । उक्त सचेतना र्याली नारायणी नदी किनारबाट सुरु भएर पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुल्चोक, सहिदचोक, लायन्सचोक हुँदै भरतपुर हाइटस्थित भवन शिलान्यास स्थलमा पुगी सभामा परिणत भएको थियो ।   

ग्लोबल आइएमई बैंकले ७६ जिल्लामा बैंकको २८८ शाखा, २६० एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट २८ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको