अर्थमन्त्री जनार्दन शर्माले बुक बिल्डिङ प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु महत्वपूर्ण रहेकाे बताएका छन् ।
नियामक निकाय नेपाल धिताेपत्र बाेर्डकाे तीसाैँ वार्षिकाेत्सवमा बाेल्दै उनले भने, "बुक बिल्डिङ प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने कुरा अत्यन्तै महत्वपूर्ण छ । आज मार्केटमा धेरै कम्पीहरूलाई ठूला साना मिडियम सबै कम्पनीलाई भित्र्याउनका लागि विभिन्न औजारहरू, विभिन्न निर्णयहरू, विभिन्न व्यवस्थाहरू जरूरी छ । त्यसको लागि अर्थमन्त्रालयले नीतिगत रूपमा नै बजेट निर्माण गर्नेछ ।"
त्यसैगरी, इन्साइडर ट्रेडिङ रोक्न आवश्यक नियमन, आवश्यक नीति लगायत सबैले राम्ररी भूमिका निर्वाह गर्नुपर्ने उनले बताएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस