अमेरिकी डलरको तुलनामा नेपाली रुपियाँ अहिलेसम्मकै कमजोर भएको छ । पछिल्लो समय निरन्तर बढिरहेको अमेरिकी डलरको मूल्य बिहीबार १२४.६८ रुपियाँ पुगेको छ । बिहीबारका लागि नेपाल राष्ट्र बैङ्कले एक अमेरिकी डलरको विनिमय दर १२४.६८ रुपियाँ (बिक्री दर) तोकेको छ ।
गत जेठ ६ गते डलरको मूल्य १२४.६७ रुपियाँ पुगेको थियो । करिब तीन सातामा डलरको मूल्यमा सामान्य कमी भएकामा पछिल्ला दिनमा लगातार बढिरहेको छ । सोही क्रममा बिहीबार नयाँ उचाइमा पुगेको हो ।
पछिल्ला केही महिनायता डलरको मूल्य उकालो लाग्दा त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको हो । नेरु र भारुबीच स्थिर विनिमय दर छ । डलर बलियो बन्दा नेपाल आउने रेमिट्यान्समा सकारात्मक प्रभाव पर्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस