Like us!
Follow us!
Connect us!
Watch us!

१० वटा लगानीकर्ता संठनहरुले आजदेखि संयुक्त आन्दोलन गर्ने, सवोनका अध्यक्ष १ हप्ते बिदामा

अर्थ संसार

सोमबार, ३० जेठ २०७९, ११ : ०२ मा प्रकाशित

१० वटा लगानीकर्ता संठनहरुले आजदेखि संयुक्त आन्दोलन गर्ने, सवोनका अध्यक्ष १ हप्ते बिदामा

सेयर बजार सम्बद्ध विभिन्न १० संघ संगठनहरुले आज देखि संयुक्त रुपमा आन्दोलन गर्ने भएकाछन् । जेठ २३ गतेबाट पूँजी बजार सुधार समितिको नेतृत्वमा आन्दोलन जारी छ । यता विभिन्न मागहरु सहित लगानीकर्ताहरु आन्दोलित हुँदा पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल भन्दा करिब १ साता लामो बिदामा अमेरिका जान लागेका हुन् ।

बोर्ड अध्यक्ष हमालको यो एक हप्ते भ्रमण अफिसियल नभई व्यक्तिगत भ्रमण भएको बोर्डले जनाएको छ ।

यत विभिन्न १० संगठनहरुले पूँजी बजारको विकास र विस्तारका लागि भन्दै सबै एकै ठाँउमा उभिने बताएका हुन् । आज सोमबार एक संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै संगठनहरुले बजारको विकास र विकासका लागि निर्णायक आन्दोलन गर्ने जनाएका हुन् । 

नेपालको पूँजी बजार सुधार र विस्तारका लागि सरकारले साढे तीन बर्ष अघि नै गरिसक्छु भनेका कामहरु नगर्दा पूँजी बजारमा गंभीर समस्या उत्पन्न  भई लगानीकर्ताहरुको पलायन तीब्र भएको छ । यस अवस्थामा सरकारले गर्छु भनेका कामहरु तत्काल गरी लगानीकर्ताहरुलाई आस्वस्त पार्न माग गर्दै लगानीकर्ताहरुको तर्फबाट तिलक कोइरालाको संयोजकत्वमा गठन भएको पूँजी बजार सुधार संघर्ष समितिले प्रस्तुत गरेको १९ बुँदे माग हामी सबै लगानीकर्ता संघसंस्थाहरुको साझा माग भएको स्पष्ट गर्छौ र ती मागहरु अबिलम्ब पुरा गराउन घोषित संघर्षका कार्यक्रममा सक्रियतापुर्वक सहभागी हुन सम्पूर्ण लगानीकर्ता र पूँजी बजारका सरोकारवालाहरुमा हार्दिक आब्हान गर्दछौ ।  विज्ञप्तीमा भनिएको छ । 

यसै सिलसिलामा संघर्ष समितिले जेठ ३० गते राखेको  सबै जिल्ला प्रशासन कार्यालयहरुमा प्रदर्शन र माग पत्र पेश गर्ने कार्यक्रममा ब्यापक सहभागिता जनाउन र जेठ ३१ गते काठमाडौमा हुने बिशेष कार्यक्रमलाई प्रभावकारी बनाउन सम्पूर्ण लगानीकर्ताहरुमा अपील गर्दछौ । यसपटक आन्दोलनले ठोस उपलब्धि हाँसिल नगरेसम्म हामीले मैदान नछाड्ने प्रतिबद्धता ब्यक्त गर्दै नियमनकारी निकायले हामी प्रतिशोध साँधेमा त्यसको एकताबद्ध प्रतिबाद गर्ने अठोट ब्यक्त गर्दछौं ।
यस बिषम परिस्थितिमा सेयर धितो कर्जा लिएकाहरुलाई मार्जिन कल गरी बैंक आफैले लगानीकर्ताको सेयर एकतर्फी रुपमा बिक्री गर्ने कार्य रोक्न सम्बन्धित बैंक र ब्रोकरहरुलाई आग्रह गर्दछौं । यदि एकतर्फी रुपमा लगानीकर्तालाई क्षति हुने गरी सेयर बिक्री भएमा कानूनी र अन्य उपचारका लागि हामी लगानीकर्ताका संघसंस्थाहरु एकताबद्ध रुपमा सक्रिय हुने चेतावनी पनि दिन चाहन्छां । सरकारले तत्काल हाम्रा १९ बुँदे माग कार्यान्वयन नगरेमा उत्पन्न हुने परिस्थितिप्रति सरकार नै जिम्मेवार हुनुपर्ने संठनहरुले चेतावनी दिए । 

संयुक्त बक्तब्यमा जारी गर्नेमा नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार फोरममा सभापति अम्बिकाप्रसाद पौडेल, पूँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइराला,  नेपाल ईन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल,  नेपाल धितोपत्र लगानीकर्ता संघका महासचिव प्रकाश रजौरे , नेपाल स्वतन्त्र पूँजी बजार संघका अध्यक्ष रोहन कार्की,   नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल, सेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकाल ,  स्वतन्त्र पूँजी बजार सुधार संघका अध्यक्ष सुशील लुनिया  र लगानीकर्ता हित संरक्षण मन्चका अध्यक्ष सुदर्शन पाठक रहेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको