Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंक र कतार एयरवेजबीच सम्झौता, कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधा

अर्थ संसार

आइतबार, ०५ असार २०७९, १७ : १३ मा प्रकाशित

नबिल बैंक र कतार एयरवेजबीच सम्झौता, कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधा

नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधा प्रदान गर्न सम्झौता गरेको छ । जस अन्तर्गत नबिल बैंकका कार्ड प्रयोगकर्ताहरूले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यहरूमा लागु हुनेछ र हवाई टिकट खरिद गर्दा १०% छुट पाउनेछन् । यो छुट मिति असार १७ गतेदेखी लागु हुनेछ ।

आज आयोजित एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र कतार एयरवेजका बंगलादेश तथा नेपालका कन्ट्री म्यानेजर मोहम्मद एल इमामका तर्फबाट सेल्स म्यानेजर सारिक बोगटीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

यस साझेदरी अन्तर्गत Business र Economic Class हवाई टिकटमा उत्त १० प्रतिशत छुट लागू हुनेछ, र यसका लागि बैंकका कार्ड प्रयोगकर्ताहरूले कतार एयरवेजका प्रतिनिधिहरूलाई आफ्नो नबिल बैंकको कार्ड पेश गर्नुपर्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको