Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार उत्पादनशील क्षेत्र हो : बालेन शाह

अर्थ संसार

बुधबार, ०८ असार २०७९, १२ : १२ मा प्रकाशित

सेयर बजार उत्पादनशील क्षेत्र हो : बालेन शाह

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सेयर बजार उत्पादनशील क्षेत्र भएको बताएका छन् ।

लगानीकर्ताहरूको आमरण अनसन स्थल पुगी उनले भने, 'भन्ने बेलामा सबैले घर बसी बसी पैसा खान्छ उत्पादन गरेन भन्ने देखिन्छ तर यो त एकदमै उत्पादनशील क्षेत्र हो । यहाँबाट तपाईहरू सबैले उत्पादनशील प्रोजेक्टको लागि लगानी गर्नुभएको छ, आयोजनाहरूमा लगानी गर्नुभएको छ । हामीले पनि अहिले ठूला ठूला आयोजनाहरू सुरू गर्दा स्थानिय तहले धेरै पैसा व्यहोर्न सक्दैन । केही पैसा हामीले राखेर केही प्रतिशत पब्लिकले पनि लगानी गर्न सक्छन् ।'

अनसन स्थल पुगेका बालेनकाे आराेप, "सरकारले हेल्चेक्र्याँई गरेको छ"

कुनैपनि नीति ल्याउँदा त्यसले समग्र बजारलाई कसरी प्रभाव पार्छ र देशको अर्थतन्त्रमा कस्तो असर पर्छ भन्ने कुरा राम्ररी ध्यान दिनुपर्ने उनले बताए । 

सेयर बजारले समग्र देशको विकासमै महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताएका छन् । उनले आम व्यक्तिहरूले बुजेझैँ नेप्से घटाउन र बढाउन नभई यो आन्दोलन नीतिगत सुधारका लागि गरिएको बताए । १९ बुँदे मागहरू जायज रहेको भन्दै उनले सरकारको यसतर्फ ध्यानाकर्षण गराएका छन् ।  

त्यस्तै, आफ्नो अभिव्यक्ति प्रकट गर्ने क्रममा उनले सरकारले हेल्चेक्र्याँई गरेको बताए । उनले भने,  'सरकार एक्लैले चाहेर मात्रै यति धेरै कम्पनीहरूको स्थापना हुन सक्दैनथ्यो । लगानीकर्ताहरूले लगानी गरिदिएर मात्रै यो सम्भव भएको हो ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको