Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकले हज यात्रीहरुलाई विदेशी मुद्रा सटहीको सुविधा प्रदान गर्ने

अर्थ संसार

बुधबार, ०८ असार २०७९, १६ : २० मा प्रकाशित

ग्लोबल आइएमई बैंकले हज यात्रीहरुलाई विदेशी मुद्रा सटहीको सुविधा प्रदान गर्ने

ग्लोबल आइएमई बैंक लिमिटेडले सन् २०२२ को हजयात्रामा नेपालबाट प्रस्थान गर्ने सम्पूर्ण हजयात्रीहरुलाई उक्त हज यात्राको लागि आवश्यक पर्ने विदेशी मुद्रा (साउदी रियाल समेत) सटहीको सुविधा प्रदान गर्ने भएको छ । 

बैंकले हजयात्रीहरुको सुविधाका लागि कान्तिपथ, ठमेल, तिनकुने र सिनामङ्गल शाखा कार्यालयहरुबाट साउदी रियाल सहित अन्य विदेशी मुद्रा साट्न सकिने व्यवस्था मिलाएको छ । 

साथै हजयात्रीहरुलाई मुद्रा सटहीको सिलसिलामा कुनै जानकारी लिनुपर्ने भएमा मोबाइल नम्बर ९८५११६५५२० मा सम्पर्क गर्न समेत बैंकले आग्रह गरेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको