Like us!
Follow us!
Connect us!
Watch us!

आगामी मौद्रिक नीति साउनको पहिलो साता ल्याउने गभर्नरको तयारी

अर्थ संसार

शुक्रबार, १७ असार २०७९, १५ : १९ मा प्रकाशित

आगामी मौद्रिक नीति साउनको पहिलो साता ल्याउने गभर्नरको तयारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति साउनको पहिलो साता ल्याउने जानकारी दिएका छन् । 

नेपाल राष्ट्र बैंक पोखराको नेपाल रास्ट्र बैक पोखराको Banknote Shredding and Briquetting System (BSBS) को समुद्घाटन कार्यक्रममा बाेल्दै उनले साउनको पहिलो सातासम्म माैद्रिक नीति सार्वजनिक गर्ने तयारीमा आफूहरू रहेकाे बताएका हुन् । 

उनले भने, "मौद्रिक नीति साउनको पहिलो हप्तासम्ममा सार्वजनिक गर्ने तयारीमा हामी लागेका छौँ । विगतमा भन्दा केही छिटो गर्ने तयारीमा छाैँ । पहिलो हप्ता भन्दा पछि नपुर्याउने हाम्रो प्रयास हुनेछ ।"

अहिले ४ बजे पाेखरा बाराही हाेटलमा गभर्नरसहित वाणिज्य बैंकका सिईओहरूकाे बैठक हुँदैछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको