Like us!
Follow us!
Connect us!
Watch us!

एचआईडिसिएलको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन आज

अर्थ संसार

आइतबार, १९ असार २०७९, ०७ : ५९ मा प्रकाशित

एचआईडिसिएलको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन आज

हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयर लिलामीमा आवेदन दिन आज अन्तिम दिन रहेको छ ।

फागुन १ गतेदेखि फागुन १५ गतेसम्मको समयसीमा राखेर HIDCL ले लिलामीमा ल्याएको ३ करोड ३० लाख कित्ता संस्थापक सेयरको लिलामी प्रकृया फागुन १३ गते स्थगित भएको थियो। संस्थापक समूहको सेयर भए तापनि दोश्रो बजारमा सर्वसाधारण सरह नै कारोबार हुने भन्ने जानकारी कम्पनी व्यवस्थापनले दिएको थियो र सोहि आशयका समाचारहरु सञ्चार माध्यमहरुमा आएका थिए। संस्थापक समूहको सेयर कसरी साधारण सरह कारोबार हुन्छ भन्दै धितोपत्र बोर्डले 'अहिले लिलामीमा ल्याएको सेयर कुन प्रकृतिको हो र यसको कारोबार दोश्रो बजारमा कसरी हुन्छ भन्ने कुरालाई स्पष्ट पारेर मात्रै लिलामी प्रकृया अघि बढाउनु; त्यतिन्जेल सम्मलाई स्थगित गर्नु' भनेर HIDCL लाई निर्देशन दिएपछि कम्पनीले अर्को सूचना नआएसम्मको लागि भन्दै लिलामी प्रकृया स्थगित गरेको थियो। 

कम्पनीकाे बैशाख २२ गते बसेकाे सञ्चालक समितिकाे बैठकले कम्पनीले जारी गरेकाे हकप्रद सेयरमध्ये संस्थापक समूह अन्तर्गत बिक्री नभएकाे ३ कराेड ३० लाख कित्ता सेयर पुन: लिलाम बढाबढ गरी बिक्री गर्ने निर्णय गरेकाे हाे ।

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले आज असार ५ गतेदेखि असार १९ गते कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ ।

प्रतिकित्ता मूल्य कति ?

उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

लिलामी सेयरमा ग्लोबल आइएमई क्यापिटलको कार्यालय, नक्साल, काठमाडाैँ ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरू विर्तामाेड, हनुमानदास राेड विराटनगर, जनकपुर, आदर्शनगर विरगञ्ज, हेटाैँडा, नारायणगढ, न्यूराेड पाेखरा, बुटवल-मिलनचाेक, बाग्लुङ्ग, नेपालगञ्ज-त्रिभुवन चाेक, सुर्खेत, घाेराही दाङ, धनगढी र महेन्द्रनगर शाखा बाट आवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको