Like us!
Follow us!
Connect us!
Watch us!

अन्ततः ८८ मै झर्यो सिडी रेसियो, १५ अर्बले बढ्यो डिपोजिट

अर्थ संसार

आइतबार, १९ असार २०७९, २१ : १९ मा प्रकाशित

अन्ततः ८८ मै झर्यो सिडी रेसियो, १५ अर्बले बढ्यो डिपोजिट

बैंकहरूकाे निक्षेप संकलन १५ अर्बले बढेकाे छ । बैंकहरूकाे निक्षेप संकलन बढ्दा सिडी रेसियाेमा पनि सुधार देखिएकाे छ । 
 

नेपाल राष्ट्र बैंकका अनुसार असार १७ सम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५० खर्ब २० अर्ब रुपैयाँ निक्षेप रहेको छ । असार १६ गते, बिहिबारसम्म बैंकहरूकाे निक्षेप ५० खर्ब ०५ अर्ब रूपैयाँ रहेकाे थियाे । एक दिनमा बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप १५ अर्बले बढेकाे हाे । यसै अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि बढेर ४४ खर्ब ३२अर्ब पुगेकाे छ ।

वाणिज्य बैंकहरूको कर्जा लगानी भने दुई अर्बले घटेर ४१ खर्ब ७८ अर्ब रूपैयाँमा सिमित छ । बैंक तथा वित्तीय संस्थाहरूकाे कुल कर्जा प्रवाह ४७ खर्ब ०८ अर्बमा झरेकाे छ ।

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८९.०८ प्रतिशतबाट घटेर ८८.८१  प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ । 

62c1b7bc8d24e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको