Like us!
Follow us!
Connect us!
Watch us!

एकै दिनमा ८ अर्बले बढ्यो निक्षेप संकलन, सिडि रेसियोमा पनि सुधार

अर्थ संसार

मंगलबार, १४ भदौ २०७९, ०६ : ५४ मा प्रकाशित

एकै दिनमा ८ अर्बले बढ्यो निक्षेप संकलन, सिडि रेसियोमा पनि सुधार

बैंकहरूको निक्षेप संकलन एकदिनमै ८ अर्बले बढेको छ । बैंकहरूको निक्षेप संकलन बढ्दा सिडी रेसियोमा पनि सुधार देखिएको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार भदौ १२ गते, आईतबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५० खर्ब ३० अर्ब रुपैयाँ निक्षेप रहेको छ । भदौ ११ गते, सनिबारसम्म बैंकहरूको निक्षेप ५१ खर्ब २२ अर्ब रूपैयाँ रहेको थियो । एकैदिनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ८ अर्बले बढेको हो । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि ८ अर्बले बढेर ४४ खर्ब ३३ अर्ब पुगेको छ ।

बैंकहरूको कर्जा प्रवाह भने १ अर्बले घटेर ४७ खर्ब ४ अर्ब रूपैयाँमा झरेको छ । वाणिज्य बैंकहरूको कर्जा लगानी पनि १ अर्बले घटेर ४१ खर्ब ७२ अर्ब रूपैयाँमा झरेको छ । 

बैंकहरूको औसत कर्जा( निक्षेप अनुपात (सीडी रेसियो) ८८.३९ प्रतिशतबाट घटेर ८८.२५ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको