Like us!
Follow us!
Connect us!
Watch us!

एकदिनमै ४४ अर्बले बढ्यो निक्षेप संकलन, सिडि रेसियो कति ?

अर्थ संसार

मंगलबार, ०३ साउन २०७९, ०८ : ०९ मा प्रकाशित

एकदिनमै ४४ अर्बले बढ्यो निक्षेप संकलन, सिडि रेसियो कति ?

बैंकहरूको निक्षेप संकलन एकदिनमै ४४ अर्बले बढेको छ । बैंकहरूको निक्षेप संकलन बढ्दा सिडी रेसियोमा पनि सुधार देखिएको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार असार ३२ गते, शनिबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५१ खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप रहेको छ । असार ३१ गते, शुक्रबारसम्म बैंकहरूको निक्षेप ५१ खर्ब ९ अर्ब रूपैयाँ रहेको थियो । एकैदिनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ४४ अर्बले बढेको हो । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि ३६ अर्बले बढेर ४५ खर्ब ४० अर्ब पुगेको छ ।

बैंकहरूको कर्जा प्रवाह भने २३ अर्बले बढेर ४७ खर्ब .अर्ब रूपैयाँमा पुगेको छ । वाणिज्य बैंकहरूको कर्जा लगानी पनि २२ अर्बले बढेर ४१ खर्ब ६८ अर्ब रूपैयाँमा झरेको छ । 

बैंकहरूको औसत कर्जा( निक्षेप अनुपात (सीडी रेसियो) ८६.४९ प्रतिशतबाट घटेर ८६.२२ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ । 


 

62d6165cc7538.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको