Like us!
Follow us!
Connect us!
Watch us!

अन्तिम समयमा किन आयो नेप्सेमा गिरावट ?

अर्थ संसार

सोमबार, २० असार २०७९, १५ : ५९ मा प्रकाशित

अन्तिम समयमा किन आयो नेप्सेमा गिरावट ?

आज कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक ९ अंकले घटेको छ । कारोबारको सुरुवातदेखि नै सकारात्मक देखिएको नेप्सेमा अन्तिम समयमा सेलिङ्ग प्रेसर आउँदा गिरावट आएको हो । 

कारोबारको मध्य समयमा करिब १ बजे नेप्से परिसूचक ६१.३८ अंकले बढेर २१४८.२४ को विन्दुमा समेत पुगेको थियो । नेप्से परिसूचकसँगै लगानीकर्ताहरुको मनोबल समेत बढ्दा कारोबार रकममा समेत वृद्धि भएको थियो । 

यसरी सुरुवातदेखि नै सकारात्मक देखिएको नेप्सेमा करिब पौने २ बजेदेखि एकाएक सेलिङ्ग प्रेसर आँउदा कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचकमा ९ अंकको गिरावट आएको हो । कारोबारको सुरुवातदेखि नै सकारात्मक देखिएको नेप्सेमा एकाएक सेलिङ्ग प्रेसर किन आयो र बजार घट्यो भनेर हामीले पूँजी बजारका सक्रिय लगानीकर्ता एवमं बजार जानकार राजकुमार न्यौपानेलाई सोधेका छौँ ।

‘साताको दोश्रो दिन नेप्से परिसूचक ९.७५ अंकले घटेर बन्द भएको छ । सुरुवातदेखि बढेको बजार अन्तिम समय तिर आउँदा बिक्रीकर्ता हावी भए मसान्तको सेटलमेन्ट गर्नुपर्ने कारणले पनि नेप्सेमा गिरावट आएको अनुमान गर्न सकिन्छ’ उनले भने ‘कारोबार रकमले भने साथ दिएको मान्नुपर्छ । करिब ४ अर्ब ३५ करोडको कारोबार भएको छ जुन पछिल्लो समयको सबै भन्दा ठूलो कारोबार रकम हो ।’

९ कारोबार दिनमा नेप्से परिसूचक करिब ३०० अंकले बढेकोले पनि आज बजारमा केही करेक्सन आएको हुनसक्ने उनको अनुमान छ । ‘यो ९ कारोबार दिनमा करिब ३०० अंक बढेको नेप्सेमा सानो करेक्सन आउनुलाई स्वभाविक नै मान्नुपर्छ ।’ न्यौपानेले भने ‘ट्रेडर हाबी हुँदा र नाफा बूक गर्दा बजार अलिकति घटेको देखिन्छ मौद्रिक नीति बजार मैत्री आउने अनुमान र चौथौ त्रैमासको वित्तिय विवरण आउने समय भएकोले लगानीकर्ताहरुमा बजारप्रती आकर्षण देखिन्छ ’।

बजारको अहिलेको अवस्थालाई हेर्दा दिर्घकालिन लगानीकर्ताले आफ्नो लगानी क्षमताको ३० प्रतिशत जति र अल्पकालिन लगानिकर्ताले १० देखि १५ प्रतिशत ट्रेड गर्न सकिने अबस्था रहेको उनको तर्क छ । उनले आफ्नो जोखिम भार मुल्यांकन गर्दै बजारमा कारोबार गर्न आम लगानीकर्ताहरुलाई अनुरोध समेत गर्छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको