Like us!
Follow us!
Connect us!
Watch us!

श्वेत-गंगा हाइड्रोपावरको आईपीओ बाँडफाँड, कसरी हेर्ने रिजल्ट ?

अर्थ संसार

मंगलबार, २१ असार २०७९, १४ : १९ मा प्रकाशित

श्वेत-गंगा हाइड्रोपावरको आईपीओ बाँडफाँड, कसरी हेर्ने रिजल्ट ?

श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले जेठ २३ गतेदेखि असार ६ गते, साेमबारसम्म स्थानिय बासिन्दाहरूका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) बाँडफाँड भएकाे छ । उक्त आईपीओ रामेछाप र ओखलढुङ्गाका आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि बिक्री गरिएकाे थियाे ।

उक्त आईपीओ हिजाे साेमबार बाँडफाँड गरिएकाे निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । 

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका कुल १५ लाख ९३ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।  कम्पनीले आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा.को वडा नं. २, ३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गा.पा. वडा नं. ४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि जम्मा निष्कासन गरिएकाे सेयरको ७० प्रतिशत अर्थात् ११ लाख १५ हजार १०० कित्ता, आयोजनाको प्रसारण लाईन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा. को वडा नं. ५, ६ र ७ र मन्थली न.पा.को वडा नं. ११, १२ र १३ तथा रामेछाप न.पा.को वडा नं. १ र ३ का बासिन्दाका लागि २५ प्रतिशत अर्थात् ३ लाख ९८ हजार २ सय ५० कित्ता र रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा. को वडा नं. १ र ओखलढुङ्गा जिल्लाको लिखु गा.पा.को वडा नं. १, २ र ३ लाख ५ प्रतिशत अर्थात् ७९ हजार ६ सय ५० कित्ता बाँडफाँड गरेकाे छ । 

त्यसैगरी, उक्त आईपीओकाे नतिजा सानिमा क्यापिटल लिमिटेडकाे वेबसाइट र श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडकाे वेबसाइटबाट हेर्न सकिनेछ । 

बाँडफाँड सम्बन्धी सम्पूर्ण जानकारीका लागि तलकाे तस्विर हेर्नुहाेस् : 

62c3f82a31b1d.JPG 62c3f82f62fa6.JPG 62c3f836250fd.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको