Like us!
Follow us!
Connect us!
Watch us!

बीमा समितिले दियाे मोरङका विभिन्न ठाउँमा बीमा सम्बन्धी अन्तरक्रिया

अर्थ संसार

मंगलबार, २१ असार २०७९, १५ : ४० मा प्रकाशित

बीमा समितिले दियाे मोरङका विभिन्न ठाउँमा बीमा सम्बन्धी अन्तरक्रिया

बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न पालिकाहरुमा बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु आयोजना गर्ने क्रममा प्रदेश नं. १ को मोरङका ग्रामथान, जहदा र कटहरी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बीमा समितिको आयोजनामा हिजाे असार २० गते ग्रामथान गाउँपालिकामा र असार १९ गते जहदा तथा कटहरी गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो ।

ग्रामथान गाउँपालिमा आयोजित कार्यक्रममा प्रमुख अतिथि ग्रामथान गाउँपालिकाका अध्यक्ष जय प्रकाश गच्छदार थारुले गाउँपालिकामा बीमाको पहुँच बढाउनका लागि आगामी आर्थिक वर्षमा बीमा सम्बन्धी कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै, उनले स्थानीय तहमा नै बीमा कम्पनीका शाखा कार्यालयहरु स्थापना गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा बीमा समितिका उपनिर्देशक कुन्दन सापकोटाले बीमा सम्बन्धी जानकारीमूलक प्रस्तुती गरेका थिए भने सहायक निर्देशक शम्भु प्रसाद मिश्रले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा ग्रामथान गाउँपालिकाका उपाध्यक्ष गुणावती देवी थारु, वडा अध्यक्ष तथा सदस्य, प्रमुख प्रशासकीय अधिकृत, बीमा अभिकर्ता, कृषक लगायत सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।

यसैगरी, जहदा गाउँपालिकामा भएको कार्यक्रममा प्रमुख अतिथि जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र प्रसाद साहले कृषकहरुले सहजरुपमा कृषि तथा पशुपन्छी बीमा गर्न पाउने तथा बीमा दाबी पनि सहजरुपले पाउने व्यवस्था गर्न र कोरोना बीमाको दाबी भुक्तानी यथाशीघ्र उपलब्ध गराउन आग्रह गरेका छन् ।

कार्यक्रममा बीमा समितिका उपनिर्देशक कुन्दन सापकोटाले बीमा सम्बन्धी जानकारीमूलक प्रस्तुती गरेका थिए भने सहायक निर्देशक शम्भु प्रसाद मिश्रले कार्यक्रम सञ्चालन एवम् स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा जहदा गाउँपालिकाका उपाध्यक्ष हन्ना सोरेन, वडा अध्यक्ष तथा सदस्य, प्रमुख प्रशासकीय अधिकृत, बीमा अभिकर्ता, कृषक लगायत सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।

यस्तै, कटहरी गाउँपालिकामा भएको कार्यक्रममा प्रमुख अतिथि कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले जीवन बीमाका अभिकर्ता जस्तै कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको पनि गाउँपालिकामा सहज उपस्थिति हुनुपर्ने र दाबी भुक्तानी पनि सहजताका साथ समयमै पाउनुपर्ने बताए ।

कार्यक्रममा बीमा समितिका उपनिर्देशक कुन्दन सापकोटाले बीमा सम्बन्धी जानकारीमूलक प्रस्तुती गरेका थिए भने सहायक निर्देशक शम्भु प्रसाद मिश्रले कार्यक्रम सञ्चालन एवम् स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा कटहरी गाउँपालिकाका उपाध्यक्ष सीतादेवी राजबंशी, वडा अध्यक्ष तथा सदस्य, प्रमुख प्रशासकीय अधिकृत, इन्स्योरेन्स प्रोफेशनल सोसाइटी, विराटनगर र नेपाल इन्स्योरेन्स सर्भेयर संघ, विराटनगरका अध्यक्ष तथा प्रतिनिधि, विभिन्न बीमा कम्पनीका प्रदेश कार्यालयका प्रमुख तथा प्रतिनिधि, बीमा अभिकर्ता, कृषक लगायत सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको