Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री शर्माले दिए राजिनामा

अर्थ संसार

बुधबार, २२ असार २०७९, १६ : ३१ मा प्रकाशित

अर्थमन्त्री शर्माले दिए राजिनामा

 अर्थमन्त्री जनार्दन शर्माले राजिनामा दिएका छन् ।

 संसदमा सम्बाेधन गर्दै अर्थमन्त्री शर्माले भने, "छानबिनलाई सहयोग गर्न मार्ग प्रशस्त गर्दै आफ्नो पदबाट राजिनामा दिएको घोषणा गर्दछु ।"

 उनले आफू हजाराैँ छानबिनका लागि तयार रहेकाे बताएका छन् । आफूले देशको पक्षमा काम गर्दागर्दै पनि भ्रम सृजना हुनुमा उनले आपत्ति जनाएका छन् । राष्ट्रका लागि निरन्तर संघर्ष गर्दा पनि अनावश्यक लाल्छना लागेकाेप्रति उनले दुखेसाे पाेखेका छन् ।

छानबिन समितिको काममा पूर्ण सहयोग गर्ने उनले बताएका छन् ।  सत्यतथ्यले सबै स्पष्ट गर्ने उनी बताउँछन् ।

अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय विशेष समिति गठन भएकाे छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय विशेष समिति गठन गरेको जानकारी दिएका छन् ।

यस समितिले बजेटमा करका दर हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय छनबिन गरी १० दिनभित्र प्रतिनिधि सभामा पेश गर्नुपर्नेछ । 

संसदीय विशेष समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको