प्राप्ती प्रक्रियाका क्रममा नबिल बैंक लिमिटेड र नेपाल बाङ्लादेश बैंक लिमिटेडका सफ्ट्वेयर समायोजनका लागि दुबै कैंकको बैंकिङ सेवा र तथा कारोबार बन्द हुने भएको छ ।
दुबै बैंकको सम्पूर्ण तथ्याङ्कलाई एकल बैंकिङ्ग सफ्टवेयरमा समायोजन (Data migration) गर्ने प्रयोजनको लागि मिति असार २४ गते शुक्रबार कार्यालय समय पछिदेखि असार २७ गते सोमबार विहान कार्यालय समय अगाडि सम्म नविल बैंक लि. का सम्पूर्ण बैंकिङ्ग सेवा तथा कारोबार बन्द हुनेछन् । असार २५ गते शनिबार सार्वजनिक विदाको दिन सञ्चालन हुने सम्पूर्ण काउण्टर (365 days Banking| तथा अन्य बैंकिङ्ग सेवा बन्द रहनेछन् भने उक्त समयमा नबिल बैंकका क्रेडिट कार्ड र प्रिपेड कार्ड भने सञ्चालनमा रहने बैंकले जनाएकाे छ।
त्यसै गरी नेपाल बङ्गलादेश बैंक लि. मा भने असार २३ गते विहिबार कायालय समय पश्चातदेखि असार २७ गते सोमबार बिहान कार्यालय समय अगाडि सम्म उक्त बैकका सम्पूर्ण बैंकिङ्ग सेवा तथा कारोबार बन्द रहने छ । उक्त समयमा नेपाल बङ्गलादेश बैंक लि का क्रेडिट कार्ड भने सञ्चालनमा रहने छ ।
बैंकले प्रकाशन गरेको सूचनाः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस