Like us!
Follow us!
Connect us!
Watch us!

सोलारमा अपि पावरको ह्याट्रिक,सिमरा सौर्य विद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

अर्थ संसार

विहीबार, २३ असार २०७९, २० : ०४ मा प्रकाशित

सोलारमा अपि पावरको ह्याट्रिक,सिमरा सौर्य विद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

अपि पावर कम्पनी लिमिटेडले बारामा निर्माण गरेको १ मेगावाटको सिमरा सौर्य विद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । व्यवससायिक विद्युत उत्पादन गर्ने उद्देश्यले बाराको जितपुर सिमारा उप–महानगरपालिकामा निर्माण सम्पन्न सौर्य विद्युत आयोजना बिहीबार साँझबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।कम्पनीका अनुसार श्री नेपाल राष्ट्रिय माध्ययामिक विद्यालयको जग्गामा निर्माण गरिएको सौर्य विद्युत आयोजनाको विद्युत ६ किलोमिटर टाढाको ढल्केबर सबस्टेसनमा जोडिएको छ ।

बिहिबार नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली  सिमरा सौर्य विद्युत आयोजनाको स्थल पुगेर परीक्षण गरेपछि विद्युत प्रसारण प्रणालीमा जोडिएको हो । आयोजनाले अब १५ दिन परीक्षण उत्पादन गरी प्राधिकरणलाई निशुल्क विद्युत प्रधान गर्नेछ।  परीक्षणको चरण पूरा भएपछि कम्पनीले व्यापारिक उत्पादन सुरु गर्नेछ। 

यस आयोजनाको इ पी सी ठेकेदार कुशल प्रोजेक्ट्स नेपाल प्रा. लि. रहेको छ। र्निमाण शरुु भएको ६ महिनाको छोटो अवधिमा संचालनमा आउन सफल भएको हो । परियोजना क्षेत्रको मौसम अवस्थालाई मध्यनजर गर्दा वार्षिक विघुत उत्पादन क्षमता ४.९५ युनिट प्रति वर्ग मि, औसत वार्षिक तापक्रम २५.३ डिग्री सेल्सीयस र औसत वायु गति ३.२४ कि.मि. प्रति घण्टा रहँदा साइटमा औसत वार्षिक विघुत उत्पादन १६.३ लाख युनिट हुने अनुमान गरिएको छ । नेपाल विद्युत प्राधिकरणसँग सम्झौता भएको महसुल दर रु. ७.३० प्रति किलोवाटको आधारमा आयोजनाबाट वार्षिक राजस्व करिब रु. १.१८ करोडको आम्दानी हुने अनुमान गरिएको छ। यस सौर्य विद्युत आयोजना निर्माण सम्पन्न हुँदा साढे ८ करोड रुपैयाँ खर्च भएको छ । आयोजनामा बैंक अफ काठमाडौं एक्लैले ऋण लगानी गरेको छ ।

सिमरा सौर्य योजना सम्पन्न गरेसंगै अपिले सोलार आयोजना निर्माणमा ह्याट्रिक गरेको हुनेछ। अपिले निर्माण गरी सञ्चालनमा ल्याएको तेस्रो सौर्य विद्युत आयोजना हो । अपिले यसअघि  ४ मेगावाटको चन्द्रनिगाहपुर र १ मेगावाटको ढल्केबर सौर्य विद्युत आयोजना सञ्चालनमा छन्। 

यसका साथै अपिले हाल अपि पावरले दार्चुलामा ४० मेगावाटको माथिल्लो चमेलिया निर्माण गरिरहेको छ । तेस्तै अपिको साढे १६ मेगावाटका नौगाड र माथिल्लो नौगाड सञ्चालनमा छन् ।
 

62c6f75215ba1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको