Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल फाइनान्सकाे लिलामी सेयर भर्ने आज अन्तिम दिन

अर्थ संसार

शुक्रबार, २४ असार २०७९, १० : २५ मा प्रकाशित

नेपाल फाइनान्सकाे लिलामी सेयर भर्ने आज अन्तिम दिन

नेपाल फाइनान्स कम्पनी लिमिटेडले असार १७ गते, शुक्रबारदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयरमा आवेदन दिने आज (असार २४ गते, शुक्रबार) अन्तिम दिन रहेकाे छ ।

फाइनान्सले जेठ ६ गतेदेखि जेठ २६ गतेसम्म बिक्री खुल्ला गरेकाे हकप्रदमा आवेदन नपरेकाे संस्थापक समूहकाे ११ लाख ३६ हजार ७ सय १६ दशमलव १८७ कित्ता र सर्वसाधारण समूहकाे ३ लाख २ हजार ६ सय ९६ दशमलव २७ कित्ता गरी कूल १४ लाख ३९ हजार ४ सय १२ दशमलव ७५ कित्ता सेयरहरू लिलामी मार्फत् बिक्री खुल्ला गरेकाे हाे । 

प्रतिकित्ता मूल्य कति ?

उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको