नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र उपाय बिजनेस सोलुुसनबीच आफूले दिइरहेको सेवाहरुमा समन्वय गरेर दुवै संस्थाका ग्राहकहरु लाभान्वीत हुनेगरी सहकार्य गर्ने सम्झाैता भएकाे छ ।
उक्त समझदारीपत्रमा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र उपाय बिजनेस सोलुुसन प्राइभेट लिमिटेडको तर्फबाट महाप्रबन्धक राजु के .सी ले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात दुवै संस्थाका ग्राहकहरुको व्यवसायी जटिलताको बृहत रुपमा समस्या समाधान गर्नुका साथै धितोपत्र बजार तथा लगानी सम्बन्धी सम्पूर्ण सेवाहरु समेत प्रभावकारी रुपमा ग्राहकहरुलाई उपलब्ध गराइने भएको छ । भविष्यमा दुवै संस्थाका सहकार्यमा धितोपत्र बजार र लगानी सम्बन्धि सचेतनामूलक कार्यक्रमहरु पनि विभिन्न चरणमा सञ्चालन गरिने समेत जानकारी गराइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस