Like us!
Follow us!
Connect us!
Watch us!
अर्थतन्त्रलाई राम्रो हुन्छ भने सहन तयार रहनुपर्छ

महाप्रसाद अधिकारीको दिमागमा जे आउँछ त्यही आधारमा मौद्रिक नीति बनाउने हैन : गभर्नर

अर्थ संसार

आइतबार, २६ असार २०७९, १६ : २९ मा प्रकाशित

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो दिमागमा जे आउँछ त्यसैको आधारमा मौद्रिक नीति बनाउने नभएको बताएका छन् ।नेपाल उद्योग वाणिज्य महासंघले आज आयोजना गरेको माैद्रिक नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन् । 

उनले भने, "अर्थतन्त्रको माग र अवस्था अनुसारको नीति आउनेछ । महाप्रसाद अधिकारीलाई के लाग्छ भन्ने आधारमा नीति आउने होइन । अर्थतन्त्रलाई सहज बनाउने किसिमको मौद्रिक नीति आउनेछ ।"

पहिला अर्थतन्त्र स्थिर रहे मात्र सबैजना त्यहाँभित्र अटाइने उनी बताउँछन् । त्यसैले कसो गर्दा अर्थतन्त्रलाई राम्रो हुन्छ भन्नेतर्फ ध्यान दिइनुपर्ने उनले बताए । 

आफूहरू अहिले एक किसिमको चुनौतीपूर्ण अवस्थामा रहेको उनी बताउँछन् । कोरोनापछि रूस र युक्रेनको युद्धको फलस्वरूप विश्वभर नै मुद्रास्फितीको तनाव रहेको र सोही तनाव नेपालमा पनि भोग्नु परेको उनको तर्क छ । 

 खपतको समस्या मुख्य रहेको भन्दै उनले खपत (Consumption) घटाउनु पर्नेमा जोड दिए । खपत घटाउँदा केही कुरा सहनुपर्ने अवस्था आउने भन्दै उनले अर्थतन्त्रलाई राम्रो हुन्छ भने सहन तयार रहनुपर्ने बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको