Like us!
Follow us!
Connect us!
Watch us!

पूँजी बृद्धिमा ब्रोकरको ‘बेतुकको रोइलो’, एक वर्षमै १५ करोड कमाउनेले २० करोड पूँजी पुर्याउन सक्दैनन् ?

अर्थ संसार

सोमबार, २७ असार २०७९, ०६ : १३ मा प्रकाशित

पूँजी बृद्धिमा ब्रोकरको ‘बेतुकको रोइलो’, एक वर्षमै १५ करोड कमाउनेले २० करोड पूँजी पुर्याउन सक्दैनन् ?

नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ मा संशोधन गर्ने मस्यौदालाई स्वीकृत गरेको छ । मस्यौदा स्विकृत भएसँगै अब ब्रोकर अनुमति प्रणाली खुला हुनुका साथै हाल कायम ब्रोकरहरुले पनि दुई बर्षको समयसिमा भित्रमा चुक्ता पूँजी बृछि गर्नुपर्ने छ । 

संसोधित नियामावलीमा रहेका व्यबस्थाहरुलाई लिएर अहिले ब्रोकरहरुले विभिन्न माधमबाट बिरोध जनाईरहेका छन् । कतिपयले त अहिले ब्रोकरहरु उक्त नियमावलीलाई मन्त्रीपरिषद्बाटै पारित हुन नदिने चलखेलमा लागेको आरोप लगाइरहेका छन् । 

नयाँ व्यबस्था अनुसार ब्रोकर तिन तहको हुने व्यबस्था गरिएको छ । सीमित कार्य गर्ने ब्रोकरको चुक्ता पूँजी २० करोड, पूर्ण कार्य गर्ने ब्रोकरको चुत्ता पूँजी ६० करोड र धितोपत्र व्यापारीको चुक्ता पूँजी १ अर्ब ५० करोड हुनुपर्ने व्यबस्था छ । हाल कायम ५० वटा ब्रोकरहरुले पनि २ बर्ष भित्रमा चुक्ता पूँजी बृद्धि गर्नुपर्ने हुन्छ । अहिले यही कुरालाई लिएर ब्रोकरहरुले विरोध गरिरहेका हुन् । 

हाल सञ्चालित ५० ब्रोकरहरुको चुक्ता पूँजी न्यूनतम २ करोड देखि अधिकतम ७ करोडसम्म रहेको छ । अब दुई बर्षमा यी सबै ब्रोकरहरुले न्यूनतम २० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउनु पर्ने छ । तर ब्रोकरहरुले भने दुई बर्ष भित्रमै १० गुणाले चुक्ता पूँजी बृद्धि गर्न कठिन हुने भन्दै धितोपत्र बोर्डको बिरोध समेत गरिरहेका छन् । 

दुई बर्षमा चुक्ता पूँजी बृद्धि गर्न नसकिने भन्ने ब्रोकरहरुको कमाइ भने एक बर्षमै औषतमा करिब १५ करोड भन्दा माथी देखिन्छ । गत आर्थिक बर्षमा ब्रोकरहरुले कुल ७ अर्ब ५६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । यसलाई हेर्दा कुल मुनाफालाई ५० ब्रोकरहरुको औषतमा मुनाफा निकाल्दा १५ करोड भन्दा पनि धेरै हुन्छ । 

गत आर्थिक बर्षमा सबैभन्दा बढि मुनाफा ब्रोकर न ५८ अर्थात नासा सेक्युरिटिजको छ, कम्पनीले ५० करोड १२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ भने सबैभन्दा कम खुद नाफा स्वर्णलक्ष्मी सेक्युरिटिज कम्पनीको रहेको छ कम्पनीले ४ करोड २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

एकै बर्षमा ५० करोडसम्म कमाउने ब्रोकरहरुले चुक्ता पूँजी २० करोड पुर्याउन नसक्ने भनेपछि अहिले विभिन्न सामाजिक सञ्जालहरुमा ब्रोकहरुको चर्को बिरोध समेत हुन थालेको छ । ‘लामो समयदेखि नेपालको पूँजी बजारमा रहँदै आएको ५० वटा ब्रोकरहरुको सिन्डीकेटलाई तोड्ने प्रयास धितोपत्र बोर्डले गरिको छ अब यो वा त्यो बहानामा ब्रोकरहरुको बिस्तारको निर्णय कार्यन्वयन गर्न रोकिनु हुँदैन’ एक लगानीकर्ताले भने ‘एक बर्षमै ५० करोड सम्म कमाउने ब्रोकरलाई २० करोड चुक्ता पुूँजी पुर्याउन के को आपत्ति यो त अब हाम्रो सिन्डिकेट तोडिने भयो भनेर चलेको रुवाबासि मात्र हो ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको