Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नर ज्युलाई खुल्ला पत्र: तपाईं हाम्रो अभिभावक हो, अर्थतन्त्रबारे नकारात्मक टिप्पणी गरेको सुहाएन

राज कुमार न्यौपाने

अर्थ संसार

सोमबार, २७ असार २०७९, ०७ : ३९ मा प्रकाशित

गभर्नर ज्युलाई खुल्ला पत्र: तपाईं हाम्रो अभिभावक हो, अर्थतन्त्रबारे नकारात्मक टिप्पणी गरेको सुहाएन

आउदो मौद्रीक नीतिमा बिबिध कुरा मा गभर्नर ज्यु लाई ध्यानाकर्षण गर्न चाहे। यी बुदाहरु प्रतिकुल समय रहन्जेल का लागि सुझाब हुन। अनुकुल समय मा त परिबर्तन गर्न सकिन्छ नै। 

१) कोरोना को समय मा तरलता सहजिकरण गर्न को लागि CRR ४% बाट ३% मा झारियो। अहिले पनि अर्थतन्त्र त्यो बेला को भन्दा असामान्य देखिएकोले CRR ३% कायम गरियोस तथा CD ratio अनुकुल समय नआउन्जेल ९५% कायम गरियोस।

२) महङ्गी नियन्त्रण मा जोड दिइयोस। उध्योग बाणिज्य सङ्घ सङ्ग सहजिकरिण गरि कुनै पनि सेवा तथा बस्तु को अधिकतम खुद्रा मुल्य प्रकाशन गरियोस। यसले गर्दा पनि अलिकती महङ्गी नियन्त्रण हुन्छ र उपभोक्ता ठगिन बाट बच्ने नै छन। यो बिषय मा बेला बेला सम्बन्धित निकाय बाट अनुगमन होस।

३) अत्यावश्यक बाहेक का बिलाशिताका सामान निर्यात मा कडाइ गरियोस। यसले गर्दा dollar संचिति सन्तुलित राख्न मद्दत मिल्नेछ।

४) सरकारसङ्ग सहजीकरण गरि Electric चुलो तथा electric बस आयातमा कर छुट प्रदान गरियोस। यसले गर्दा देश कै बिजुली खपत बढ्ने छ र पेट्रोल /ग्यास खपत घट्न जानेछ। विद्युतीय गाडी बाहेक का अरु साधन अहिले लाई आयात मा कडाइ गरियोस। ४/५ बर्स त्यस्ता साधन नेपाल मा आयात नगर्दा नि फरक नपर्ला।

५) शेयर लगानी कर्ता ले पनि तपाईं बाट निकै ठूलो सकारात्मक अपेक्षा गरेका छन। share को risk weightage १५०% बाट १०० मा झारियोस। यो बैज्ञानिक पनि होला झै लाग्छ।

६) नागरिक ले आन्तरिक उत्पादन मा जोड दिउन भनेर सरकार सङ्ग सहजीकरण गरि बिबिध कार्ययोजना बनाउन पहल होस जसले गर्दा आन्तरिक उत्पादन मै बढी भर पर्न सकौ र स्वदेशी उत्पादन खपत अनिवार्य पनि गरौ। हामी धेरै कुरा मा परनिर्भर हुने कुरा को अन्त्य हुन जरुरी छ।

गबर्नर ज्यु; तपाईं हाम्रो र अर्थतन्त्र को अभिभावक हो। हामी साधारणले त अर्थतन्त्र बारे अलि अलि मात्र बुझेका छौ। हजुरले कुनै पनि सार्बजनिक कार्यक्रम मा ब्याजदर तथा अर्थतन्त्र सम्बन्धी नकरात्मक टिप्पणी गरेको पनि सुहाएन। policy आउदा सबै कुरा सार्बजनिक गर्नुहोस।  हजुर आफै बिग्य हुनुहुन्छ साथमा बिज्ञ टोलि सल्लाहकार पनि हुनु हुन्छ। धेरै ठाउबाट सल्लाह सुझाब पनि आइरहेकोछ। समग्र अर्थतन्त्र एबम शेयर बजार लाई सम्बोधन गर्दै उत्कट मौद्रीक नीति ल्याउने चुनौती सजिलै पार गर्नु हुनेछ भन्ने आशा छ। कसैले पनि रिरास हुनु नपरोस है।

धन्यबाद।

राज कुमार न्यौपाने
लगानिकर्ता

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको