Like us!
Follow us!
Connect us!
Watch us!

'बजेटमा आएको लघुवित्त कोषलाई व्यवस्थापन गर्ने काम मौद्रिक नीतिमार्फत् हुनुपर्छ'

अर्थ संसार

मंगलबार, २८ असार २०७९, १५ : ५९ मा प्रकाशित

'बजेटमा आएको लघुवित्त कोषलाई व्यवस्थापन गर्ने काम मौद्रिक नीतिमार्फत् हुनुपर्छ'

लघुवित्त विज्ञ डा.नरहरि ढकालले बजेटमा आएको लघुवित्त कोषलाई व्यवस्थापक गर्ने काम मौद्रिक नीतिमार्फत् हुनुपर्ने बताएका छन् । माईक्रोफाइनान्स एसोसिएसन अफ नेपाल आज आयोजना गरेको मौद्रिक नीति र लघुवित्तहरूको वर्तमान अवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

लघुवित्त क्षेत्रलाई लगानीकर्ताहरू बाहेक सबैले हमेला गरेका उनको तर्क छ । आफूहरूले सेवा प्रवाह गर्ने ग्राहक र कर्मचारीहरू समेत आफ्नै खिलापमा लागेका उनी बताउँछन् । अहिले लघुवित्तका ग्राहक तथा कर्मचारीहरूले अनुशासनको पराकाष्ठा नाघेका उनले बताए । 

लघुवित्तले दिएको ॠणको उपयोग कहाँ भइरहेको छ भनेर अनुगमन गर्नुपर्ने अवस्था सृजना भएको उनले बताए । कार्यक्रममा बोल्दै लघुवित्त क्षेत्रमा कोरोना भाइरसको प्रभाव अझै पनि कायम रहेको उनले बताए । उनले भने, कोभिडको प्रभाव अहिले देखिएको छ । हामीले पहिल्यै प्रवाह गरेको कर्जा उठाउन समस्या परिरहेको छ ।  अबको एक वर्षपछि लघुवित्तहरूको अवस्था कहाँ पुग्छ भन्न सकिने अवस्था छैन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको