Like us!
Follow us!
Connect us!
Watch us!

सेयरमूल्य घटेपछि बल्ल समस्या रहेछ भन्ने थाहा हुन्छ : डा. प्रकाश कुमार श्रेष्ठ

अर्थ संसार

मंगलबार, २८ असार २०७९, १६ : २८ मा प्रकाशित

सेयरमूल्य घटेपछि बल्ल समस्या रहेछ भन्ने थाहा हुन्छ : डा. प्रकाश कुमार श्रेष्ठ

नेपाल राष्ट्र बैँकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले सेयरमूल्य घटेपछि बल्ल समस्या रहेछ भन्ने थाहा हुने बताएका छन् । 

माईक्रोफाइनान्स एसोसिएसन अफ नेपाल आज आयोजना गरेको मौद्रिक नीति र लघुवित्तहरूको वर्तमान अवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै माइक्रोफाइनान्स सञ्चालकहरुलाई उनले भने, 'तपाईँहरुको ब्यालेन्स सीट र सेयरको मूल्य घट्यो भने बल्ल समस्या रहेछ भन्ने थाहा हुन्छ।'

समग्र बैंकिङ्ग प्रणालीमा तरलताको अभाव रहेको र माइक्रोफाइनान्स पनि यसबाट अछुतो रहन नसकेको उनले बताए । उनी भन्छन्, 'कहिले घाम लाग्छ कहिले पानी पर्छ ।' तरलताको अभाव अवसर पनि बन्न सक्ने उनी बताउँछन् । लघुवित्तहरूले आफ्नो विस्तार भन्दा पनि गुणस्तर सुधार गर्ने अवसर रहेको उनले बताए । 

उनले माइक्रोफाइनान्स माइक्रो नै भएर बस्नुपर्ने भन्दै म्याक्रो बन्न नखोज्न आग्रह गरे । राष्ट्र बैंकलाई माइक्रोफाइन्सहरूको समस्या थाहा रहेको र राष्ट्र बैंकले सबै समस्या सम्बोधन गर्न नसक्ने उनले बताए । 

कार्यक्रममा बोल्ने क्रममा उनले लघुवित्तहरूमाथि प्रश्न चिन्ह खडा गरेका छन् । उनले भने, '३० वर्षदेखि लघुवित्तहरूले काम गरिरहेका छन् तर उद्यमशिलता बढेको छैन । व्यापार घाटा बढेको बढ्यै छ । लघुवित्तहरूले उद्यमीहरू किन उत्पादन गर्न सकेन ? यो ठूलो प्रश्न हो ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको