Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा दोर्दी खोला जलविद्युतको आईपीओ सूचिकृत, कति पायाे ओपनिङ्ग रेञ्ज ?

अर्थ संसार

बुधबार, २९ असार २०७९, १२ : ५२ मा प्रकाशित

नेप्सेमा दोर्दी खोला जलविद्युतको आईपीओ सूचिकृत, कति पायाे ओपनिङ्ग रेञ्ज ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ । 

स्टकका अनुसार कम्पनीकाे एक कराेड ५ लाख ४२ हजार ६ सय ४ कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम एक सय २ रूपैयाँ ३९ पैसादेखि अधिकतम ३ सय ७ रुपैयाँ १७ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ ।

कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि DORDI​ सिम्बाेल प्राप्त गरेकाे छ । 

कम्पनीले जेठ २६ गतेदेखि जेठ ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २१ करोड ९५ लाख रुपैयाँ बराबरको २१ लाख ९६ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७ सय ७५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २० लाख १९ हजार ८६९  कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । 

62ce6f9b9df78.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको