Like us!
Follow us!
Connect us!
Watch us!

साउनमा ब्याजदर नबढाउने भद्र सहमति

अर्थ संसार

बुधबार, २९ असार २०७९, १४ : १९ मा प्रकाशित

साउनमा ब्याजदर नबढाउने भद्र सहमति

साउन महिनामा पनि बैंकहरूकाे ब्याजदर नबढ्ने भएकाे छ । नेपाल बैंकर्स संघकाे निर्णय अनुसार बैंकहरूले साउन महिनाकाे लागि पनि यथावत ब्याजदर राख्ने भद्र सहमति गरेका छन् । 

बैंकर्स संघको बुधबार बसेको बैठकले असारका लागि तोकिएको ब्याजदरलाई नै निरन्तरता दिने निर्णय गरेको हाे । सहमति अनुसार बैंकहरुले साेही ब्याजदर प्रकाशित गर्ने भएकाले साउन महिनाका लागि पनि निक्षेपकर्ताले निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर नै पाउने छन् ।

यसअघि चैत्र, वैशाख, जेठ र असार महिनामा पनि वाणिज्य बैंकहरुको ब्याजदर बढेकाे थिएन । फागुनमा बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर ०.९८ प्रतिशतले बढाएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको