Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्रको अवस्थाबारे प्रधानमन्त्रीको चासो, मौद्रिक नीति तत्काल सार्वजनिक गर्न निर्देशन

अर्थ संसार

शुक्रबार, ३१ असार २०७९, ०६ : १० मा प्रकाशित

अर्थतन्त्रको अवस्थाबारे प्रधानमन्त्रीको चासो, मौद्रिक नीति तत्काल सार्वजनिक गर्न निर्देशन

प्रधानमन्त्री शेर बहादुर देउवाले मुलुकको अर्थतन्त्रको वर्तमान अवस्थालाई हेरेर सरकारले गर्नुुपर्ने योजनाको खाका तत्काल तयार गर्न निर्देशन दिएका छन् । मौद्रिक नीति पनि तत्काल सार्वजनिक गर्न उनले निर्देशन  दिए । 

अर्थमन्त्रालयको समेत जिम्मेवारी  सम्हालेका  प्रधानमन्त्री देउवाले बिहीबार अर्थतन्त्रसँग  प्रत्यक्ष सरोकार राख्ने  निकायका  पदाधिकारीलाई बालुवाटारमा  बोलाएर यस्तो निर्देशन दिएका हुन्  । प्रधानमन्त्रीले नेपाल राष्ट्र बैङ्क, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई बोलाएर मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी लिएका हुन् । 

कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति ल्याएपछि अर्थतन्त्रमा सुधार हुन सक्ने अवस्था, वैदेशिक मुद्राको सञ्चितिको हालको यथार्थ अवस्था, अर्थ सचिव मधुुकुमार मरासिनीले मुलुकका आर्थिक सूचकाङ्क तथा आर्थिक गतिविधि र उद्योग, वाणिज्य मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेले मुलुकको पछिल्ला आयात–निर्यातको अवस्थाबारे विवरण प्रस्तुत गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको