Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकद्वारा हरिहर मन्दिरलाई कुर्ची हस्तान्तरण

अर्थ संसार

शुक्रबार, ३१ असार २०७९, १२ : ४८ मा प्रकाशित

कामना सेवा विकास बैंकद्वारा हरिहर मन्दिरलाई कुर्ची हस्तान्तरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय गोङ्गबु मार्फत काठमाडौं जिल्ला टोखा न.पा. वडा नं. ०६ धापासीस्थित हरिहर मन्दिरलाई हिजाे (असार ३० गते, बिहीबार) कुर्चीहरु हस्तान्तरण गरेको छ । उक्त कुर्चीहरुले मन्दिर दर्शन गर्न आउने भक्तजनहरुलाई बस्नको लागि सहज होस्‌ भन्ने उद्देश्यका साथ प्रदान गरेको हो । 

बैंकको काठमाडौं क्षेत्रका क्षेत्रीय प्रमुख केदार नाथ शर्माले हरिहर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दामोदर ढकाललाई उक्त कुर्चीहरु हस्तान्तरण गरेका थिए । कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अन्य सदस्यहरु, स्थानीयहरुका साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिइनेछ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको