Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नरलाई कार्यालय प्रवेशमा रोक लगाउन खोज्ने ५ जना पक्राउ

अर्थ संसार

आइतबार, ०१ साउन २०७९, १० : ३२ मा प्रकाशित

गभर्नरलाई कार्यालय प्रवेशमा रोक लगाउन खोज्ने ५ जना पक्राउ

नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै राष्ट्र बैंकमा घेराउ गर्न पुगेका सत्तारुढ दल निकट विद्यार्थी संगठन अखिलका कार्यकर्ता पक्राउ परेका छन् ।

आज बिहान १० बजे बालुवाटार ३ नम्बर गेटसँगै रहेको नेपाल राष्ट्र बैकको गेटबाट प्रहरीले अखिलका ५ जना कार्यकर्तालाई पक्राउ गरेको हो ।

गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने क्रममा उनीहरुले निषेधित क्षेत्रमा नाराबाजी गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरु नेविसंघ र अखिलले गभर्नर अधिकारीको राजीनामाको माग गर्दै घेराउ र विरोध प्रदर्शन गरिरहेको बेला प्रहरी र कार्यकर्ताबीच केहीबेर धकेलाधकेल भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको