Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा राष्ट्र बैंक

अर्थ संसार

आइतबार, ०१ साउन २०७९, १० : ५१ मा प्रकाशित

मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा राष्ट्र बैंक

नेपाल राष्ट्र बैंक यति बेला धमाधम मौद्रिक नितीको तयारीमा जुटेको छ । केहि दिन अघि पोखरामा भएको बैकर्स संघको कार्यक्रममा समेत राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले साउनको पहिलो सातामै मौद्रिक आउने बताएका थिए । 

गत विहिबार मात्र प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीलाई बालुवाटार बोलाएर तत्काल मौद्रिक नीति सार्वजनिक गर्न निर्देशन समेत दिएका थिए । प्रधानमन्त्री देउवाको निर्देशन पछि राष्ट्र बैंक यथासक्यो छिटो मौद्रिक निती सार्वजनिक गर्ने तयारीमा जुटेको हो । 

'पहिले देखि नै हामि साउनको पहिलो सातामै मौद्रिक निती सार्वजनिक गर्ने तयारीमा थियो, अहिले प्रधानमन्त्री ज्यूबाट नै छिटो मौद्रिक निती सार्वजनिक गर्न निर्देशन प्राप्त भएकोले सम्भवत २-३ दिन भित्रमै मौद्रिक निती सार्वजनिक गर्ने तयारीमा जुटेका छौ' राष्ट्र बैंक श्रोतले भन्यो ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको