Like us!
Follow us!
Connect us!
Watch us!

हरेक दिन राेक्का हुँदै बीमा कम्पनीकाे कारोबार, फेरि थपिए २ कम्पनी

अर्थ संसार

आइतबार, ०१ साउन २०७९, ११ : २३ मा प्रकाशित

हरेक दिन राेक्का हुँदै बीमा कम्पनीकाे कारोबार, फेरि थपिए २ कम्पनी

आजकाल दोश्रो बजारमा दिनहुँ जसो कुनै न कुनै बीमा कम्पनीको कारोबार रोक्का भइरहेको छ । बीमा समितिको निर्देशन अनुसार बीमा कम्पनीहरूबीच मर्जर लहर चल्दा बीमा कम्पनीको कारोबार रोक्का भइरहेको छ । अहिले दोश्रो बजारमा सूचिकृत अधिकांश बीमा कम्पनीको कारोबार बन्द छ । कारोबार रोक्का हुने कम्पनीहरूको सूचीमा आज फेरि २ वटा कम्पनी थपिएका छन् । अजोड इन्स्यो‍‍रेन्स कम्पनी लिमिटेड र प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार आजबाट रोक्का भएको हो । 

साेही कारण कम्पनीहरूले एक आपसमा गाभ्ने गाभिने (Merger) प्रयोजनका लागि आ-आफ्नो कम्पनीहरुको धितोपत्रको कारोबार रोक्का राख्नका लागि नेप्सेमा निवेदन दिएका हुनाले आज साउन १ गते, आइतबारदेखि लागू हुने गरी उक्त कम्पनीहरुको धितोपत्रको कारोबार रोक्का राखिएको नेप्सेले जनाएकाे छ ।

बीमा समितिले घाइते लगानीकर्तामा आरा चलायो

अजोड इन्स्यो‍‍रेन्स र प्रभु इन्स्योरेन्सबीच हिजाे शनिबार मर्जर सम्झाैता भएकाे थियाे । यी २ कम्पनीबीच १००ः७० को अनुपातमा सेयर आदान–प्रदान हुने गरी मर्जर सम्झौता भएको हो ।

मर्जर मर्जर पश्चात् बन्ने कम्पनीको नाम प्रभु इन्स्योरेन्स नै रहने सहमति गरिएको छ । अब मर्जर पछि बन्ने कम्पनीको अध्यक्षमा अजोडका अध्यक्ष अजाद श्रेष्ठ हुने र प्रमुख कार्यकारी अधिकृतमा प्रभु इन्स्योरेन्सका सञ्चित बज्राचार्य हुने सहमति भएको छ। 

हाल प्रभुको चुक्ता पूँजी एक अर्ब २८ करोड रुपैयाँ र अजोडको एक अर्ब रुपैयाँ रहेको छ । सहमति अनुसारको  स्वाप रेसियोका आधारमा मर्जर पछिको कम्पनीको चुक्ता पूँजी एक अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 
 

62d3a378791d0.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको