Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल फाइनान्सकाे अवितरित हकप्रद बाँडफाँड, आजदेखि पैसा फिर्ता हुने

अर्थ संसार

सोमबार, ०२ साउन २०७९, १० : ३५ मा प्रकाशित

नेपाल फाइनान्सकाे अवितरित हकप्रद बाँडफाँड, आजदेखि पैसा फिर्ता हुने

नेपाल फाइनान्स कम्पनी लिमिटेडले असार १७ गते, शुक्रबारदेखि असार २४ गतेसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयर बाँडफाँड गरिएकाे छ ।

फाइनान्सले जेठ ६ गतेदेखि जेठ २६ गतेसम्म बिक्री खुल्ला गरेकाे हकप्रदमा आवेदन नपरेकाे संस्थापक समूहकाे ११ लाख ३६ हजार ७ सय १६ दशमलव १८७ कित्ता र सर्वसाधारण समूहकाे ३ लाख २ हजार ६ सय ९६ दशमलव २७ कित्ता गरी कूल १४ लाख ३९ हजार ४ सय १२ दशमलव ७५ कित्ता सेयरहरू लिलामी मार्फत् बिक्री खुल्ला गरेकाे थियाे । 

साे अवधिमा प्राप्त आवेदनहरू बाेलपत्रदाताहरूकाे राेहवरमा शिलबन्दी बाेलपत्रहरू खाेली प्रचलित कानुन बमाेजिम निष्काशनकर्ता संस्थाकाे सञ्चालक समितिले बाँडफाँड गरेकाे कम्पनीले जनाएकाे छ । आवेदकहरूकाे बाँडफाँडमा नपरेकाे सेयर बापतकाे रकम साेझै आवेदकहरूले दरखास्त फाराममा उल्लेख गरिएकाे बैंक खाता नम्बरमा आज साेमबारदेखि जम्मा गर्ने पनि कम्पनीले जानकारी दिएकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

62d4e7281757f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको