Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवाको नायव प्रमुख कार्यकारी अधिकृतमा विनय दाहाल

अर्थ संसार

सोमबार, ०२ साउन २०७९, १० : ४४ मा प्रकाशित

कामना सेवाको नायव प्रमुख कार्यकारी अधिकृतमा विनय दाहाल

कामना सेवा विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा विनय दाहाल नियुक्त भएका छन् । 

बैंकिङ्ग क्षेत्रमा करिब ३ दशक लामो कार्य अनुभव हासिल गरेका दाहाल विगत ५ वर्षदेखि एन.एम.बि. बैंकको उच्च तहमा रही काम गर्दै आएकामा पछिल्लो २ वर्षदेखि बैंकको व्यापार तथा योजना प्रमुखको जिम्मेवारी वहन गर्दै आएका थिए । उनले एनआईसी एशिया बैंक तथा नबिल बैंकसँग आवद्ध भएर पनि काम गरी सकेका छन् ।

बैंकिङ्ग क्षेत्रमा लामो अनुभव संगालेका दाहालले बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको भूमिका सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाइमा पुर्याउने बैंकले विश्वास लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको