अहिले नेपालमा चर्चाको विषय बनेको छ ब्रोकर लाइसेन्सको सहजीकरण प्रक्रिया। धितोपत्र बोर्डले केही समय अगाडि कोटा सिस्टममा लाइसेन्स वितरण गर्ने प्रणाली तोडिने गरी बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ मा संशोधन गर्ने मस्यौदालाई स्वीकृत गरेको थियो ।
बोर्डले ३ तहमा ब्रोकर लाइसेन्स वितरण गर्ने प्रक्रिया अगाडि बढाएको थियो। ब्रोकर लाइसेन्सको लागि कार्यक्षेत्रका आधारमा २० करोड,६० करोड र १५० करोड चुक्ता पुँजी आवश्यक रहने नीतिमा जनाइएको छ।
ब्रोकर लाइसेन्सलाई सीमित व्यक्तिको प्रकारबाट बाहिर ल्याउने उद्देश्यले यस नीति लिइएको भन्दै गर्दा चुक्ता पूँजी र कार्य क्षेत्र हेर्दा चुक्ता पुँजी बढी भएको जानकारहरु बताउँछन् ।
धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स वितरणको प्रक्रिया खुल्ला गर्दा परम्परागत शैली भन्दा केही नयाँ ब्रोकर देख्न सकिन्छ। प्रायः ब्रोकेरहरुको सेवा राम्रो छैन। कारोबार गर्ने लगानीकर्ताहरु ब्रोकरले समयमा कारोबारकाे राफसाफ नगरिदिने तथा सरल कारोबार सेवा नहुने बताउछन। अहिले विश्वस्तरमा ब्रोकरका सेवाका नयाँ नयाँ सेवाहरू विकास भई रहेका छन र ब्रोकेरले कारोबार सेवा बाहेक अन्य धेरै किसिमका सेवा दिँदै आएका छन् तर नेपालमा भने ब्रोकेरहरु केवल कारोबारमा मात्र सीमित छ। ब्रोलेरले सेयर कारोबारमा लगानीकर्ताले भोग्ने विभिन्न समस्या समाधान तर्फ अगाडि बढ्नु पनि आवश्यक रहन्छ।
ब्रोकेरहरूको संख्या सीमित रहँदा उच्च प्रतिस्पर्धा हुनुपर्ने ब्रोकरहरुको प्रतिस्पर्धा नै नहुँदा नवीनतम प्रविधिको विकास हुन सकेन। प्रविधिकाे सुरूवातले जन्मिएकाे ब्राेकरकाे कथा प्रविधि विकास गर्न नीतिगत समस्या देखिए पनि लगानीकर्तालाई साक्षार बनाउने र सहज कारोबार सेवा प्रदान गर्ने पनि ब्रोकेरको जिम्मा हो।
अहिले नेपालमा देखिएको ब्रीकेरको समस्या सन् २०१० मा भारतको समस्या पनि थियो । ब्रोकेरका समस्यालाई सम्बोधन गरी ब्रोकरलाई युनिकर्न [१० विलियन अमेरिकी डलरको कम्पनी] बनाएका र भारतीयलाई सहज कारोबार सेवा प्रदान गरेका उद्यमी हुन नितिन कामत र निखिल कामतकाे उद्यम हो ‘जेरोधा’ । नितिन आफैले २००६-२००९ सम्म १२ वटा ब्रोकर परिवर्तन गरेका थिए।
भारतमा अहिले जुन किसिमको सेयरबजार प्रतिको आकर्षण छ त्यस किसिमको आकर्षण भने थिएन। चर्को ब्रोकर कमिसन, लगानी सम्बन्धी अज्ञानता र झन्झटिलो लगानी गर्ने प्रक्रिया थियो। आम मानिसको लागि लगानी गर्न सहज भने थिएन। जेरोधाले यिनै समस्या माथि समाधान गर्यो र अहिले भारतको नं १ ब्रोकरको रूपमा स्थापित छ।
नितिन कामतले सन २०१० मा जेरोधाको सुरुवात गरेका थिए। १७ वर्षको उमेरमा उनी कल सेन्टरमा काम गर्दथे, रातिको समयमा कल सेन्टर, दिउँसोको समय लगानी गर्ने गर्थे। २००३ मा समय रीलायन्स मनीको सब ब्रोकरको रूपमा काम गरेका थिए। उनले कल सेन्टरमा र सब ब्रोकरकाे रूपमा कार्य गर्दाको अनुभवले अहिले उत्कृष्ठ ब्रोकर स्थापना गर्न सफल रहेको ठान्छन्।
सन २००८-२००९ को विश्वव्यापी आर्थिक संकटको समयमा उनले शेयरबजार बाट धेरै लगानी गुमाएका थिए, लगानी सम्बन्धी राम्रो ज्ञान भएका उनी आफूले लगानी गर्दा भोग्नुपरेका र भोगेका समस्या लाई समाधान गर्ने तर्फ अगाडि बढे र जेरोधाको सुरुवात गरे।
जेरोधा विषेशगरी ३ समस्या समाधान तर्फ अगाडि बढेको थियो, संस्थापक नितिन कामतले साधारण व्यक्ति किन बजारमा लगानी गर्न आकर्षित भएका छैनन् उनले त्यसबारे अध्ययन गरे ती समस्या थिए
चेतना तथा ज्ञानको अभाव
उच्च ब्रोकर फी
कारोबार प्रक्रिया झन्झटिलो एबम् असहज थियो।
कामत दाजुभाइले भोगेका समस्यालाई समाधान गरे उनीहरूले सेयरबजार बारे ज्ञान र अध्यनको लागि जेरोधाभर्सिटी, जसमा शेयरबजार बारे सबै विषयको अध्ययन गर्न मिल्थ्यो, उनीहरूले ब्रोकर फी लाई कम गरे साथै उनीहरुले भारतमा पहिलोपटक परट्रेड ब्रोकेरेज को सुरुवात गरे। झन्झटिलो कारोबार प्रक्रियालाई सहज बनाउन साधारण र सबैले बुझ्ने किसिमको वेबसाइटको विकास गरे जसका कारण सेवा प्रयोग गर्न अनइच्युक व्यक्तिलाई पनि आफ्नो सेवा प्रयोग गर्न अकर्षण गरे र नयाँ लगानीकर्तालाई बजारमा जोडे। जेरोधामा अहिले भएका सक्रिय लगानी गर्ने लगानीकर्तामध्ये २० % लगानीकर्ता यसमा आवद्ध छन्।
सन २०१० मा जेरोधा सुरुवात हुँदै गर्दा १.४% जनसंख्या सेयरबजारमा लगानी गर्थे । त्यसबेला लगानी गर्ने लगानीकर्ता सीमित थिए र निकै न्यून संख्यामा नयाँ लगानीकर्ताहरु बजारमा जोडिएका थिए, उच्च ब्रोकर फी र बजारप्रतिको गलत बुझाइलाई चिर्न जेरोधा सफल रह्यो। उसको बिजनेस मोडेल न्यून ब्रोकरएज फी थियो, धेरै लगानीकर्तासँग थोरै फी चार्ज गर्दा आम्दानी उच्च हुन्थ्यो।
ब्रोकर फी न्यून गर्ने विश्वको पहिलो कम्पनी जेरोधा भने हैन, अमेरिकी कम्पनी चार्ल्स स्क्हब कर्पोरेशनले १९७५ मा यो नीति लिएको थियो। जेरोधाले पहिलानै टेस्टेड र सफल विषयलाई भारतीय बजार अनुकूल बनाए। न्यून शुल्कमा सेवा दिँदा कम्पनी र लगानीकर्ता दुवैलाई फाइदा हुने देखिन्छ।
जेरोधाले भएका लगानीकर्तालाई आफूमा जोड्नुभन्दा पनि बाँकी ९८.६% लगानीकर्तालाई आफूमा जोड्नु थियो। त्यसबेला भारतमा कारोबारको पारदर्शिता कम थियो र लगानीकर्तालाई बजार सञ्चालन तथा सेवा सुल्क लगायतका धेरै विषयको ज्ञान थिएन, कतिपय तिर्नु नपर्ने सेवाको लागि पनि ब्रोकरले चार्ज गरेका हुन्थे, उनीहरूको निशाना सुनिश्चित थियो। लगानी नगरेका लगानीकर्तालाई लगानी गर्ने बाताबरण तयार गर्ने र लगानी गरेका लाई सेवा सुविधा राम्रो दिएर आफूमा आकर्षित गर्ने ।
अधिकांश व्यक्तिहरू मुद्धती खातामा पैसा रहने गर्थें उनीहरूले बचत र लगानीको भिन्नता बुझाउन सफल भए।
जेरोधाको सुरुवात हुँदा उनीहरूले विकासको चरणमा रहेको इन्टरनेट तथा सुचना प्रविधिको प्रयोग गरे, जुन समय अन्य ब्रोकेरहरू भौतिक सेवा सुविधा प्रवर्द्धन गर्न लागिरहेका हुन्थे जेरोधाले त्यसबेला प्रविधिको प्रयोग गरी ब्रोकर सेवा अटोमेट (स्वचालित ) गर्यो जसले लगानी गर्ने लगानीकर्ताहरले सहज एवम् छिटो लगानी गर्न सक्थे र उनीहरूको धेरै ब्रान्च खोल्नुपर्दा लाग्ने पैसा कम लाग्थ्यो यसकारण पनि उनीहरूको सेवा शुल्क कम गरेर पनि व्यवसाय सञ्चालन गर्न सफल रहे ।
उनीहरूले ब्रोकरएज फी शुन्यमा झारेका थिए, लगानी गर्दा हतार हतारमा लगानी गर्ने लगानीकर्ताले वास्तविक रूपमा तिर्नुपर्ने फी कति हो भन्ने गणना गर्न समस्या हुन्थ्यो, यसमा अधिकांस ब्रोकेरमा पारदर्शिता थिएन, जेरोधाले खरिद मूल्य, बिक्री मूल्य, जम्मा मूल्य तथा त्यसको ब्रोकर चार्ज हेर्न मिल्ने क्याल्कुलेटरको विकास गरे जसले सहज रूपमा नाफा नोक्सान हेर्न सक्थे, यो प्रविधि भारतीय शेयरबजारको लागि नौलो थियो तर उनीहरूले यसलाई एक्सेल शीटमा तयार गरे।
यात्रा र वृद्धि
जेरोधा स्थापना हुँदा उनीहरूले प्रविधिमा काम गरे, अहिले यो प्रविधिका लागि चिनिन्छ। जेरोधाको स्थापना हुँदा उनीहरूले १६,००० रुपैयाँको लगानी बाट सुरु गरे पछि उक्त कम्पनीमा थप लगानीको लागि प्रयास गर्दा बाह्य लगानी जुटाउन असमर्थ रहे त्यसपछि उनीहरू बुटस्ट्रयाप ( आम्दानी लागि पुनः व्यवसायमा लगानी गर्ने) गरे।
उनीहरूले त्यसबेला एन.एस.ई.ले प्रविधि प्लाटर्फम नव स्थापित ब्रोकेरलाई सहयोग गर्न निःशुल्क रूपमा दिने घोषणा गर्यो र जसको लागि १.७ करोड भारु पछि फिर्ता दिन मिल्ने गरी जम्मा गर्नु पर्ने थियो उनले यो अवसर गुमाउन चाहेनन् र आफ्नो बचतलाई एन.एस.ई. मा जम्मा गरी प्रविधि लिए।
अब उनीहरूलाई ब्याक अफिस सफ्टवेयर आवश्यक थियो त्यसबेला एक कम्पनीले उनीहरूलाई आवश्यक सफ्टवेयर एक कम्पनीले टेस्टिङ गरिरहेको थियो, जेरोधालाई उक्त कम्पनीले एक वर्ष निःशुल्क प्रयोग गर्न अफर दियो त्यसलाई नितिनले सदुपयोग गरे।
“ नीतिनले पाएको हरेक अवसरलाई सदुपयोग गरे र जेरोधा नाफामुलक भई स्थापित भयो। ”
हरेक परिवर्तनले एउटा नयाँ मौका दिन्छ, उक्त मौका समात्न उनले कुनै समय खेर फलेनन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस