Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंककाे कारबाहीमा परे २ वटा बैंक

अर्थ संसार

बुधबार, ०४ साउन २०७९, १२ : ११ मा प्रकाशित

राष्ट्र बैंककाे कारबाहीमा परे २ वटा बैंक

नेपाल राष्ट्र बैंकले २ वटा विकास बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले अनिवार्य मौज्दात कायम नगरेबापत २ वटा विकास बैंकलाई कारबाही गरेको हाे ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासमा गरिएको गैर स्थलगत सुपरिवेक्षणको आधारमा कर्णाली विकास बैंक र सिन्धु विकास बैंकलाई नगद जरिवाना गरेकाे छ । 

तेस्रो त्रैमासमा अनिवार्य नगद मौज्दात कायम नगरे बापत कर्णाली विकास बैंकलाई एक पटक २० हजार ३ सय ५६ रुपैयाँ ७८ पैसा र अर्को पटक २ हजार एक सय ६३ रुपैयाँ २६ पैसा नगद जरिवाना गरिएकाे छ ।

त्यसैगरी, सिन्धु विकास बैंकलाई पनि तेस्रो त्रैमासमा अनिवार्य नगद मौज्दात कायम नगरे बापत एक सय ७५ रुपैयाँ ४६ पैसा जरिवाना गरिएको छ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको